
काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले बैकिङ्ग पहुच नपुगेका ग्रामिण क्षेत्रहरुमा समेत आफ्नो सेवा विस्तार गर्दै जाने उदेश्य अनुरुप गण्डकी प्रदेशको पोखरा महानगरपालिका वडा नं १९ स्थित पुरुन्चौरमा ९७ औँ शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ ।
गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले उक्त शाखाको कारोबार शुभारम्भ गरे ।
कारोबार शुभारम्भ समारोहमा बैंकका संचालक चतुराखर अधिकारी, देव कृष्ण काफ्ले, बलराम बरालतथा गण्डकी प्रदेश प्रमु्ख टुबराज वास्तोला लगायत स्थानीयवासीहरुको उपस्थिति रहेको थियो ।
यस बैंकले व्यवसाय विस्तारको क्रममा नवीनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जालमार्पmत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको जानकारी गराइएको थियो ।
काठमाडौं ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ९७ वटा शाखा तथा ४५ वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।