ट्रयाकिङ प्रणालीमा संशोधन गर्ने भएपछि ढुवानी सेवा सुचारु

मंगलवार, श्रावन ७, २०७६ साल,
काठमाडौं ।  वस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली भेहिकल एण्ड कन्साइनमेन्ट ट्रयाकिङ प्रणाली (भिसिटीएस)को विरोधमा ढुवानी सेवा ठप्प पार्ने गरि हड्तालमा उत्रेका व्यवसायीका माग सम्बोधन गर्ने भएपछि हड्ताल फिर्ता लिएका छन् ।

ढुवानीमा भ्याट र माल वस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली प्रणालीको विरोधमा ढुवानी व्यवसायीले यातायातका साधन ठप्प पार्ने चेतावनी दिएका थिए ।

भौतिक, पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादबको संयोजकत्वमा व्यवसायीसहितको बैठकमा सोमबार सहमति जुटेपछि हड्ताल फिर्ता भएको व्यवसायीले बताएका छन ।

सरकारले माग संबोधन गर्ने आश्वासन दिएपछि ढुवानी व्यवसायीले हड्तालका कार्यक्रम फिर्ता गरेका छन्।एक सातापछि मंगलबारदेखि ढुवानीका सवारी साधन संचालनमा आएका छन्।

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411