सिद्धार्थ इक्विटी फण्डले ११ प्रतिशत प्रतिफल दिने
सोमबार, श्रावन ६, २०७६ साल,
काठमाडौं । सिद्धार्थ इक्विटी फण्डले लगानीकर्ताहरुलाई ११ प्रतिशत प्रतिफल दिने जनाएको छ ।
फण्डले नेप्सेलाई गराएको जानकारी अनुसार आव २०७५ ७६ बाट फण्डका इकाईधनीहरुलाई करसहित ११ प्रतिशत प्रतिफल दिने भएको छ ।
यसको लागि फण्डले १६ करोड ५० लाख रुपैयाँ वितरण गर्ने जनाएको छ ।