जलविद्युत विकास कम्पनीले ११ अर्बको हकप्रद शेयर जारी गर्न अनुमति माग्यो

सोमबार, श्रावन ६, २०७६ साल,
काठमाडौं । हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी (जलविद्युत लगानी तथा विकास कम्पनी)ले शतप्रतिशत हकप्रद शेयर विक्रीको लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।

कम्पनीले १ बराबर १ अनुपातमा ११ करोड कित्ता हकप्रद शेयर विक्री गर्न असार ३१ गते निवेदन दिएको हो । यो हकप्रद जारी गर्नका लागि कम्पनीले गत पुस ३० गते वार्षिक साधारण सभामार्फत निर्णय पारित गराएको थियो ।

कम्पनीले उक्त सभाबाट १० अर्ब चुक्तापूँजीको आधारमा १० प्रतिशत बोनस शेयर र बोनस पश्चात कायम हुने चुक्तापूँजीको आधारमा शतप्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको थियो ।

कम्पनीले १० प्रतिशत बोनस शेयरपछि कायम भएको रू ११ अर्ब चुक्तापूँजीको आधारमा हकप्रद जारी गर्नेछ । हकप्रद पश्चात कम्पनीको चुक्तापूँजी रू २२ अर्ब पुग्नेछ ।

हकप्रद शेयर विक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटलले पुरा गर्नेछ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411