भुटान, बंगलादेश,भारत र नेपाल (बीबीआईएन) बीच यातायात सम्झौता

मंगलवार, आषाढ १, २०७२ साल,
काठमाडौं । दक्षिण एसियाका चार मुलुक भुटान, बंगलादेश,भारत र नेपाल (बीबीआईएन) बीच यातायात सम्झौता भएको छ। यो सम्झौताअनुसार कार्गो ढुवानी, निजी सवारीसधान र सार्वजनिक यातायात निर्वाध रूपले सञ्चालन हुने पाउँनेछन्। 
 
मोटर भेहिकल्स एग्रिमेन्ट फर दि रेगुलेसन अफ प्यासेन्जर, पर्सनल एन्ड कार्गो भेहिकुलर ट्राफिक बिटुवीन बंगलादेश, भुटान,भारत एन्ड नेपाल (बीबीआईएन एमभीए) नाम दिइएको यो सम्झौतामा चार देशका यातायात मन्त्रीले भुटानको राजधानी थिम्पुमा सोमबार हस्ताक्षर गरेका छन्।
 
 सम्झौता आगामी अक्टोबरदेखि लागू हुनेछ। सदस्य मुलुकबीच क्षेत्रीय सम्पर्क थप प्रभावकारी बनाउने उद्देश्यले यो सम्झौता गरिएको हो।
 
ुसम्झौताले चार देशबीच यातायात अधिकार, अन्तर्देशीय सीमापार आवागमन, सवारी साधन र जनताको आवागमनलाई प्रवद्र्धन गर्नेछु हस्ताक्षरपछि जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ। 
 
बैठकमा सहभागी हुन नेपालको तर्फबाट भौतिक यातायात तथा पूर्वाधारमन्त्री विमलेन्द्र निधीसहितको प्रतिनिधीमण्डल भुटान गएको थियो।
 
 सम्झौतामा हस्ताक्षर भएसँगै नेपाललगायत सबै देशले फाइदा लिने मन्त्री निधिले बताएका छन्। भारतीय यातायामन्त्री नितिन गडकरीले सम्झौताबाट छिमेकी मुलुकले लाभ लिने बताए। बैठकमा एसियाली विकास बैंकका उपाध्यक्ष बेनकाई झुआङ् पनि उपस्थित थिए। 
 
यो उपक्षेत्रीय सहकार्यका लागि एडीबीले प्राविधिक सहयोग गरेको छ। एडीबीले तयार पारेको साउथ एसिया सब रिजनल इकोनोमिक कोअपरेसन (सासेक) मोडल अन्र्तगत यो सम्झौता भएको हो।
 
सम्झौतापछिका योजना कार्यान्वयनका लागि सूचना प्रविधि, पूर्वाधारलगायतका पूर्वाधार डिसेम्बर भित्र सम्पन्न गरिसक्ने योजना छ। सम्झौता चार देशबीचबीच बिद्यमान यातायात सम्झौता कै परिपूरक रहेको वक्त व्यमा उल्लेख छ।
 
गत वर्ष मंसिरमा नेपालमा सम्पन्न दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १८ औं शिखर सम्मेलन को मर्मअनुसार अहिले सम्झौता सम्पन्न भएको हो।
 
अहिलेको सम्झौतामा पाकिस्तान, अफगानिस्तान, माल्दिभ्स र श्रीलंकालाई समावेश गरिएको छैन। सार्क शिखर सम्मेलनका बेला पाकिस्तानको असहमतिका कारण यो सम्झौतामा हस्ताक्षर हुन सकेको थिएन। पाकिस्तानको असहमतिपछि बंगालादेश, भुटान, भारत र नेपालबीच उपक्षेत्रीय तहमा सम्झौतामा हस्ताक्षर भएको हो।
 
यसैबीच उपक्षेत्रीय सम्पर्कलाई जोड दिँदै आगामी अक्टोबरमा बीबीआईएन फ्रेन्डसीप मोटर स्याली आयोजना गर्ने निर्णय पनि सोमबार नै भएको छ। बैठकपछि याताया मन्त्रीहरूले भुटानी प्रधानमन्त्री छिरिङ तोम्बेसँग भेटवार्ता गरेका थिए ।
 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411