हिमालय एअरलाइन्सले बंगलादेशको ढाकामा उडान सुरु गर्यो, साताको तीन दिन उडान भर्ने

सोमबार, श्रावन ६, २०७६ साल,
काठमाडौं। नेपालको अन्तर्राष्ट्रिय विमान वाहक हिमालय एअरलाइन्सले बांङ्गलादेशको ढाकामा पहिलो उडान भरेको छ।

प्रिमियम इकनोमि क्लासमा ८ र इकोनोमी क्लासमा १५० सिट क्षमता भएको एयरबस ए३२०–२१४ को न्यारोबडी जहाजले मंगलबार, बुधबार र शनिबार गरी हप्तामा तीन दिन उडान सेवा उपलब्ध गराउनेछ।

व्यापारिक तथा भ्रमण प्रयोजनका लागि आउने यात्रुका लागि त्यही दिन फर्कन मिल्ने सुविधायुक्त उडान तालिका तयार पारिएको कम्पनीले जनाएको छ। यो नयाँ रुटले नेपालको एसियाली मुलुकसँग सम्पर्क अझ बढाउने विज्ञप्तिमा उल्लेख छ।

ढाकाको पहिलो उडानमा पर्यटन राज्यमन्त्री धनबहादुर बुढा, सचिव मोहनकृष्ण सापकोटा, नेपालका लागि बंगलादेशी राजदुत मासफी बिन्ते साम्स्, पर्यटन वोर्डका प्रमुख कार्यकारी दीपकराज जोशी र हिमालय एयरलाइन्स्का उपाध्यक्ष विजयबहादुर श्रेष्ठले सहभागिता छ।

कुल १४१ यात्रु बोकेर उद्घाटन भएको हिमालय एअरलाइन्सको विमान एच९ ६७८ काठमाडौंको त्रिभुवन विमानस्थलबाट स्थानीय समय ११ः३३ मा उडेको थियो र ढाकाको हजरत साहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय १ बजे अवतरण गरेको थियो। त्यही दिन कुल १०४ यात्रु बोकेर एयरलाइन्सको विमान फर्किएको थियो। एअरलाइन्सले एसएयर एयर बीडी लिमिटेडलाई बांङ्गलादेशमा आफ्नो जिएसएका रुपमा नियुक्ति गरेको छ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411