जापान जानका लागि भाषा र सीप परीक्षा कात्तिकमा

सोमबार, श्रावन ६, २०७६ साल,
काठमाडौं । जापान जाने नेपाली कामदारका लागि कात्तिक ११ र १२ मा भाषा परीक्षा हुने भएको छ । जापान सरकारसँग भएको सम्झौताअुनसार पहिलो चरणमा कियर गिभरका लागि लौजान भाषा परीक्षाको तयारी भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

भाषा परीक्षाणमा उत्तिर्ण भएकाहरुका लागि कात्तिक २१ र २२ मा सिप परिक्षण गर्ने मन्त्रालयले तयारी गरेको छ । भाषा र सिप परीक्षाको मिति तय भएपनि आवेदनको प्रकृया, लागत तथा अन्य संयन्त्रको विषयमा भने छलफल भइरहेको छ ।

मन्त्रालयका अनुसार जापान सरकारसँग यस विषयमा छलफल भइरहेकोले केही दिनमा सबै कुरा टुङ्गीने छ । यसको लागि नेपाल सरकारको तर्फबाट सहसचिवको नेतृत्वमा समिति बताएको छ ।

सरकारले गत चैत ११ मा नेपाली कामदार जापान लैजाने विषयमा सम्झौता भएको थियो । सम्झौतामा नेपालका तर्फबाट श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरे र जापानका तर्फबाट नेपालका लागि जापानी राजदूत मासाशी ओगवाले हस्ताक्षर गरेका थिए ।

सोही सम्झौताअनुसार विभिन्न १४ क्षेत्रमा कामदार लौजाने भएपनि पहिलो चरणमा एउटा क्षेत्रमा मात्रै कामदार लौजान जापान तयार भएको हो ।

जापानले दक्षिण एसियाका विभिन्न ९ देशसँग श्रम सम्झौता गरेर एकैपटक कामदार लौजाने बताएको थियो । तर अहिलेसम्म नेपालसहित ५ देशसँग मात्रै सम्झौता गरेको जापानले पहिलो चरणमा सम्झौता भएका मध्ये तीन देशका कामदार मात्रै लैजाने जनाएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411