सिटिजन्स् बैंकको नाफा डेढ अर्ब रुपैयाँ

आईतवार, श्रावन ५, २०७६ साल,
काठमाडौं । सिटिजन्स् बैंकले गत वर्ष १ अर्ब ४८ करोड रुपैयाँ नाफा कमाएको छ। बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७५/७६को विवरण अनुसार अघिल्लो वर्षको तुलनामा २१ प्रतिशत बढी नाफा आर्जन गरेको हो। अघिल्लो वर्ष बैंकको खुद नाफा १ अर्ब २२ करोड रुपैयाँ थियो ।

असार मसान्तसम्ममा बैंकले निक्षेप १६ प्रतिशतले बढाएको छ । आर्थिक वर्ष २०७४/७५ मा ६० अर्ब ६९ करोड निक्षेप संकलन गरेको बैंकले गत आर्थिक वर्षमा ७० अर्ब ४० करोड रुपैयाँ पु¥याएको हो।

यस्तै बैंकले ६२ अर्ब ९० करोड कर्जा लगानी गरेको छ । गत वर्ष बैंकले ५५ अर्ब ५९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको प्रतिशेयर आम्दानी १७.८९ रुपैयाँ छ।

यो अघिल्लो वर्ष १५.३७ रुपैयाँ थियो । यस्तै बैंकको कर्जा र निक्षेप अनुपात ७६.७९ प्रतिशत छ । बैंकले ३.१५ प्रतिशत स्प्रेड दरमा कारोबार गरेको छ भने वर्ष भरिमा खराव कर्जाको दर १.१९ प्रतिशत रहेको बैंकको दाबी छ। बैंकको बेसरेट भने १०.५२ प्रतिशत छ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411