१५ लाख घुस लिने तीन इन्जिनियर रंगेहात पक्राउ

शनिबार, श्रावन ४, २०७६ साल,
काठमाडौं । कर्णाली नदी व्यवस्थापन कार्यलय बर्दियाका तीन इन्जिनियर १५ लाख घुससहित पक्राउ परेका छन् ।

इन्जिनियरत्रय कमल सिटौला, विश्वेश्वर प्रसाद शाह, हरी प्रसाद चौधरी र सवारी चालक टंक प्रसाद ओझालाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।

उनीहरूले निर्माण योजना तारजाली भर्ने कामको विल रकम भुक्तानी गरे वापत सेवाग्राहीसँग घुस रकम मागेका थिए ।

उनीहरूलाई १५ लाख घुस रकम लिइसकेको अवस्थामा बर्दियाको गेरूवा गाउँपालिका १ बाट रंगेहात नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्तामा प्रदीपकुमार कोइरालाले जानकारी दिएका छन् ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411