अमेरिकाले खसायो इरानी ड्रोन, खाडीमा तनाव

शुक्रबार, श्रावन ३, २०७६ साल,
एजेन्सी । खाडी क्षेत्रमा अमेरिकी सेनाले एक इरानी ड्रोन खसाएको छ । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले होर्मुज जलडमरुमा प्रवेश गरिरहेको एक जहाजका लागि खतरा बनेको इरानी ड्रोनलाई खसाएको हो ।

केही हप्तादेखि शान्तिपूर्ण रहेको खाडी क्षेत्रमा फेरि तनाव बढेको छ । असल्ट शिप यूएसएस बक्सरले इरानी ड्रोनविरुद्ध रक्षात्मक एक्सन लिएको किनकि त्यसले शिप र त्यसका कर्मचारीलाई चुनौती दिएको ट्रम्पले बताए । बक्सरको एक हजार यार्डको दायरा आउनेबित्तिकै ड्रोन नष्ट पारिएको ट्रम्पले बताए ।

उनले भने, ‘अन्तर्राष्ट्रिय जलक्षेत्रमा जहाजहरूका विरुद्ध इरानको शत्रुतापूर्ण कारवाहीमा यो पछिल्लो कदम हो । अमेरिकासँग आफ्ना मानिस, सरसामान र हित सुरक्षा गर्ने अधिकार छ ।’

इरानका परराष्ट्रमन्त्री मोहम्मद जावेद जरीफले पत्रकारहरूसँग कुराकानी गर्दै ड्रोन खसाइएको जानकारी नपाएको बताए ।

यसैबीच इरानले हालै एक विदेशी ट्यांकर कब्जामा लिएको छ । उक्त जहाजमा पनामाको झण्डा रहेको र त्यसका १२ कर्मचारीले इन्धन तस्करी गरेको बताइएको छ ।


 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411