घर जग्गाको कर ९ सय प्रतिशतले बृद्धि

बिहीवार, श्रावन २, २०७६ साल,
काठमाडौं । संखुवासभाका चार स्थानिय तहका घर जग्गाको कर ९ सय प्रतिशत भन्दा बढी बृद्धि भएको छ । घरजग्गा न्युनतम मुल्याङनका निधार्रण समितीले साउन १ गतेबाट लागु हुने गरी मूल्य बढाएको भन्दै जनप्रतिनिधिले इलाका मालपोत कार्यालय घेराउ गरेका छन् ।

घरजग्गा न्युनतम मुल्याङनका समितीको वैठकले २०७६ ७७को जग्गा रजिष्ट्रेशन लिखत पारित प्रयोजनको लागि मालपोत नियमावली २०३६ को नियम ५ ख बमोजिम गठित समितिले कर बढाएको हो ।

जनप्रतिनिधिहरुले गत २०७५ असार २५ गते तत्कालिन प्रमुख जिल्ला अधिकारी एवं घरजग्गा न्युनतम मुल्याङनका अध्यक्ष गणेश बहादुर अधिकारीको अध्यक्षतामा बसेको बैठकले ९ सय प्रतिशत भन्दा बढी कर नघटाए आन्दोलनमा जाने चेतावनी दिएका छन् । तत्कालिन प्रमुख जिल्ला अधिकारी गणेश बहादुर अधिकारीले २०७६ साल साउन १ गतेबाट लागु हुने गरि बढाएको घर जग्गाको कर बढाउन सिफारिस गरेको थियो ।

घरजग्गा न्युनतम मुल्याङन गर्न प्रमुख जिल्ला अधिकारी अध्यक्ष, जिल्ला समन्वय समितीको सभापति सदस्य, नापी, मालपोत, कोषतथा लेखा नियन्त्रक कार्यालय सदस्य रहेको समितीले प्रति रोपनी ३५ हजारबाट बढाएर ३ लाख ५० हजार निर्धारण गरेको हो ।

चर्को कर बृद्धिलाई निरन्तरता दिँदै २०७६ असार ३१ गते प्रमुख जिल्ला अधिकारी जिवन प्रसाद दुलालको अध्यक्षतामा बसेको बैठकले त्यही मूल्यलाई कामय हुने निर्णय गरेको पछि जनप्रतिनिधि आन्दोलित भएको छन् ।

उनीहरुले प्रेस विज्ञप्ती जारी गरेर घरजग्गा सम्वन्धीकारोबार, रजिष्ट्रशन, राजिनामा पास लगायतका काम नगर्न रोक लगाइएको चैनपुर नगरपालिका वडा नम्बर ८ का अध्यक्ष भरत खड्काले जानकारी दिए ।

घर जग्गा मुल्यनिर्धारण समितिले ९ सय प्रतिशत माथि कर बढाएकोले आन्दोलनमा जानु परेको उनको भनाइ छ । वडा अध्यक्ष खड्काले भने पक्की मोटरबाटो, कच्ची बाटो, गोरेटो बाटो, खेतीयोग्य जमिन, अँलैची खेति,पाखो, घरको फरक फरक मूल्याङकन हुने पर्न भएपनि त्यो नभएको बताए ।

चैनपुरमा मालपोत कार्यालयबाट चैनपुर, धर्मदेवी, मादी, पाँचखपन नगरपालिकाहरुको घरजग्गा सम्बन्धी कारोवार हुने गरेको छ । चार वटै नगरले घरजग्गा सम्वन्धी कुनै पनि सिफारिस नदिने समेत निर्णय भएको नगरपालिकाहरुले जनाएका छन् ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411