जलविद्युत परियोजनाका लागि घट्यो सञ्चय कोषको ब्याज

बिहीवार, श्रावन २, २०७६ साल,
काठमाडौं । कर्मचारी सञ्चय कोषले साउन १ देखि लागू हुने गरि नयाँ ब्याजदर निर्धारण गरेको छ ।

कोषले जलविद्युत लगानीमा लिँदै आएको ब्याजदर घटाइ नयाँ ब्याजदर कायम गरेको हो। सञ्चय कोषले यसअघि जलविद्युतको लगानीमा लिँदै आएको १०.७५ प्रतिशत ब्याज घटाएर १० प्रतिशत बनाएको छ।

अहिले संचय कोषले माथिल्लो तामाकोशी, मध्ये भोटेकोशी, सन्जेन जलविद्युत आयोजना तथा रसुवागढी जलविद्युत आयोजनामा लगानी गरेको छ । कोषका अनुसार यी सबै आयोजनामा लिँदै आएको ब्याजदर घटेको छ।

यस्तै, कोषले ४० लाखभन्दा बढी घर सापटीको लागि लिएका ऋणीको ब्याजदर पनि घटाएको छ । कोषले १०.२५ प्रतिशत लिँदै आएको ब्याजदर ०.२५ प्रतिशत घटाएको हो ।

बाँकी ब्याजदरमा भने कुनै परिवर्तन नगरेको सञ्चय कोषले जनाएको छ। संचय कोषको मौज्दातमा कोषले ८.२५, विशेष सापटीमा ९.५०, ४० लाख सम्मको घर सापटीमा ९.७५ तथा संचयकर्ता शौक्षिक सापटी र घर मर्मत सापटीमा ९.७५ तथा सरल चक्रकर्जामा १०.२५ प्रतिशत ब्याज लिँदै आएकोमा ब्याज यो वर्ष पनि यथावत छ ।

जलविद्युत लगायत नेपाल वायुसेवा निगममा पनि कोषको लगानी छ । नेपाल वायुसेवा निगमको लगानीबाट कोषले १०.५० प्रतिशतका दरले ब्याज उठाउँछ ।

कोषले नयाँ परियोजना आएमा त्यसको लागि बैंकसँग मिलेर सयुक्त लगानी गर्नुपरेमा न्यूनतम १०.५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । सहकार्य हुने बैंकको कर्जासँग मिल्नेगरि यसलाई परिर्वतन् गर्न सकिने कोषले जनाएको छ ।

तर, कोष एक्लैले नयाँ परियोजनासँग ऋण सम्झौता गरेमा त्यसको लागि १०.७५ प्रतिशत नघट्ने गरि कर्जा स्वीकृत गर्ने कोषले जनाएको छ । अहिलेसम्म कोषले जलविद्युतका विभिन्न परियोजनामा मात्रै ४५ अर्ब ८९ कारोड ६० लाख ८८ हजार रुपैयाँ लगानी गरेको छ ।

कोषको आकार गत आर्थिक वर्षको अन्तसम्ममा ३ खर्ब १२ अर्ब भन्दा बढी छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411