सस्तो भयो टेलिकमको पोस्टपेड र ल्याण्डलाईन फोन

बुद्धबार, श्रावन १, २०७६ साल,
काठमाडौं । नेपाल टेलिकमको टेलिफोन जडान सस्तो भएको छ । नयाँ आर्थिक वर्ष सुरु भएसँगै नेपाल टेलिकमको स्थानीय टेलिफोन जडान र पोष्टपेड मोबाइल सस्तो भएको हो ।

आर्थिक विधेयक, २०७६ को दफा १४ उपदफा १ मा भएको व्यवस्था अनुसार उक्त मूल्य सस्तो भएको नेपाल टेलिकमले जानकारी दिएको छ ।

आर्थिक विधेयक २०७६मा टेलिफोन जडान गर्ने ग्राहकबाट स्वामित्व शुल्क वापत ५ सय  रुपैयाँ मात्र लिने व्यवस्था भएकाले स्थानीय टेलिफोन तथा पोष्टपेड मोबाइल पहिले भन्दा कम दरमा उपलब्ध हुने टेलिकमको भनाई छ ।

नेपाल टेलिकमले इन्टरनेटको महसुल नबढाउने, अरुले भने बढाउने


नेपाल टेलिकमले बुधवार साउन १ देखि नै कार्यान्वयनमा आएको जानकारी दिँदै अब १ हजार ६ सय ३५ रुपैयाँमा स्थानीय टेलिफोन र ९ सय ४५ रुपैयाँमा पोष्टपेड मोबाइल लिन सकिने जानकारी दिएको छ ।

यसअघि स्थानीय टेलिफोनका लागि २ हजार २ सय रुपैयाँ र पोष्टपेड मोबाइलका लागि १ हजार ५ सय १० रुपैयाँ लागदै आएको थियो ।

एनटिसीको मोबाइल बोक्नेका लागि बम्पर अफर, यस्ता छन् छुट योजना


आर्थिक विधेयकको कार्यान्वयनसँगै स्थानीय टेलिफोनको नामसारी गर्दा लाग्ने शुल्कमा समेत ५ सय ६५ रुपैयाँ कम भएको टेलिकमले जानकारी दिएको छ । यसअघि टेलिफोन नामसारी गर्दा १२ सय ४३ रुपैयाँ शुल्क लागदै आएकोमा बुधवारदेखि ६ सय ७८ रुपैयाँ मात्र लाग्ने टेलिकमले जानकारी दिएको छ ।

नेपाल टेलिकमको नयाँ सेवा सुरु, फोन गरेर स्वास्थ, मौसमलगायत जानकारी पाइने, ६ महिनासम्म निशुल्क

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411