नेप्सेमा छलाङ, एकैदिनमा १५ अंकले वृद्धि, ४२ करोड रुपैयाँको कारोबार

बुद्धबार, श्रावन १, २०७६ साल,
काठमाडौं ।  नेपाल स्टक एक्चेन्ज (नेप्से)ले बुधबार एकैदिनमा १५.८५ अंकको छलाङ मारेको छ।

आइतबार देखिनै सामान्य अंकमा बढीरहेको नेप्से बुधबार भने दोहोरो अंकले बढेर १२७४.८६ अंकमा पुगेको हो। यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ सूचक पनि २.८६ अंकले बढेर २ सय ७४.११ अंकमा पुगेको छ ।

नेप्से अंक बढे पनि कारोबार रकम भने उत्साहाजनक रुपमा बढेको छैन । दिनभरिमा १ सय ६७ कम्पनीको १३ लाख ७५ हजार १ सय ९० कित्ता शेयर किनबेच हुँदा ४२ करोड ६७ लाख ४३ हजार रुपैयाँको मात्रै कारोबार भयो । यो हिजोको तुलनामा ८ करोड ४ लाखमात्रै बढी हो ।

बुधबार सबैभन्दा बढी कारोबार नेपाल बैंक लिमिटेडको ४ करोड ७५ हजार रुपैयाँको भयो। यस्तै, नेपाल लाइफ इन्स्योरेन्सको २ करोड ९५ लाखको शेयर कारोबार भयो ।

शेयर कारोबारमा कारोबार बढेपनि होटल र फाइनान्स उपसूचक भने बढ्न सकेनन्।

दिनभरिमा होटल उपसूचक २७.२ अंकले बढ्यो भने फाइनान्स १.६२ अंकले घट्यो। बाँकी अन्य सबै उपसूचक उकालो लागे। आज सबैभन्दा बढी निर्जीवन बीमा उपसूचक ५५.२ अकंले बढ्यो भने जीवन बीमा ४९.६९ अंकले वृद्धि भयो।

दिनभरिको कारोबारमा उन्नती माइक्रोफाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी कमाए भने सबैभन्दा बढी गुमाउनेमा सिभिल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता छन् ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411