आजैबाट जग्गाको मूल्य ४० प्रतिशतले बढ्यो, कहाँको कति (मुल्य सूचिसहित)

बुद्धबार, श्रावन १, २०७६ साल,
काठमाडौं । सरकारले जग्गाको सरकारी मूल्यांकन बढाएको छ । देशभरका मालपोत कार्यालयले जिल्ला प्रशासन कार्यालय तथा स्थानीय तहसँगको परामर्शमा जग्गाको सरकारी मूल्यांकन बढाएका हुन् ।

मालपोत कार्यालय कलंकीले ४० प्रतिशतसम्म जग्गाको मूल्यांकन बढाएको छ ।

साउन १ देखि लागु हुने गरेर मालपोत कार्यालय कंलकीले बल्खुदेखि बनस्थलीसम्म चक्रपथसँग जोडिएको जग्गाको मूल्यांकन ४० प्रतिशतले बढाएको हो । कलंकी मालपोत कार्यालयले २५ लाख रहेको मूल्यांकनलाई ३५ लाख पुर्याएको छ ।

बिष्णुमति खोलादेखि रविभवनसम्मको जग्गाको मूल्यांकन आनाको ३३ लाख रहेको छ । कालिमाटी चोकदेखि बल्खुसम्मको जग्गाको मूल्यांकन पनि आनाको ३३ लाख गरिएको छ ।

मालपोत विभागका अनुसार मालपोत कार्यालयले स्थानीय तहसँगको सहकार्यमा जग्गाको मूल्यांकन आवश्यत्ताको आधारमा बढाएको जनाएको छ ।

यस्तै मालपोत कार्यालय साँखुले पनि जग्गाको मूल्यांकन बढाएको छ ।साँखुमा सबैभन्दा बढी आनाको १७ लाख रुपैयाँ जग्गाको मूल्य कायम गरिएको छ ।

सरकारले गरेको मूल्यांकनभन्दा कम्तीमा चारगुणासम्ममा कारोबार हुने गरेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411