आजदेखि ५ प्रतिशतमात्रै पुँजीगत लाभकर

बुद्धबार, श्रावन १, २०७६ साल,
काठमाडौं । आज देखि पुँजीगत लाभकरको गणना विधि भारित औसत विधिअनुसार गणना हुने भएको छ । सिडिएससी एण्ड क्लियरीङ लिमिटेडले सूचना जारी गर्दै लगानीकर्ताको स्वामित्वमा रहेको हितको भारित औसत लगानीको आधारमा गणना गर्ने जनाएको छ ।

सिडिएससी एण्ड क्लियरीङ लिमिटेडका प्रवक्ता सुरेश न्यौपानेका अनुसार पुँजीगत लाभकरको गणना भारित औसत लागतको आधारमा गरिन्छ ।

बोनस र हकप्रद सेयरको सेयर मूल्य समायोजन गर्दा खरिद गरेको मूल्यमा बोनस तथा हकप्रद सेयरको अंकित मूल्यलाई जोडेर जम्मा सेयर भाग गरेर भारित औसत निकालिने न्यौपानेको भनाई छ ।

बोनस र हकप्रद सेयरमा अंकित मूल्यलाई आधार मानी पुँजीगत लाभ कर लाग्ने भएपछि लगानीकर्ताले सेयर कारोबार नै थप्प पारेका थिए । त्यसपछि अर्थ मन्त्रालयले तत्कालका लागि पुरानै व्यवस्थाअनुसार लाभकर लिने निर्णय गरेको थियो ।


मन्त्रालयले यसको लागि सहसचिवको संयोजकत्वमा अध्ययन समिति नै बनाएको थियो । उक्त समितिको प्रस्ताव अनुसार चालु आर्थिक वर्षको बजेट बक्तव्य अर्थ मन्त्री डा युवराव खतिवडो पुँजीगत लाभकर ७.५ प्रतिशतबाट ५ प्रतिशतमा झारेका थिए ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411