नेपाल टेलिकमले इन्टरनेटको महसुल नबढाउने, अरुले भने बढाउने

मंगलवार, आषाढ ३१, २०७६ साल,
काठमाडौं । नेपाल टेलिकमले इन्टरनेट सेवाको महशुल नबढाउने भएको छ ।

सरकारले हालै मात्र इन्टरनेट सेवामा १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क लगाउने निर्णय गरेको थियो । त्यस आधारमा इन्टरनेट सेवा प्रदायकहरुले भोलि १ साउनबाट लागू हुने गरी १३ प्रतिशत महसुल बृद्धिको निर्णय गरेका छन् ।

तर नेपाल टेलिकमले भने ग्राहकको सुविधा र सहजतालाई ध्यानमा राखी इन्टरनेट सेवाको महशुल वृद्धि नगर्ने निर्णय लिएको छ ।

भोलीदेखि इन्टरनेटको शुल्क बढाउने आईस्पानको निर्णय


तर इन्टरनेट सर्भिस प्रोभाइडर एशोसिएशन अफ नेपालले सरकारले लगाएको १३ प्रतिशत दूरसञ्चार सेवाशुल्क उपभोक्तामार्फत उठाउने भएको छ । यो निर्णयसँगै भोली साउन १ गतेदेखि उपभोक्ताले उक्त शुल्कका नाममा प्रत्यक्ष रूपमै थप रकम खर्च गर्नुपर्ने भएको छ । प्रयोगकर्ताले यस अघि तिर्दै आएको शुल्कमा १३ प्रतिशत बृद्धि हुनेछ ।

एनटिसीको मोबाइल बोक्नेका लागि बम्पर अफर, यस्ता छन् छुट योजना



 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411