भोलीदेखि लागू हुने कर नीतिको विरोध

मंगलवार, आषाढ ३१, २०७६ साल,
विराटनगर । साउन १ गतेदेखि लागु हुने गरी सरकारको कर नीति कार्यान्वयनमा असहमति जनाउँदै विराटनगरमा विरोध प्रदर्शन गरिएको छ । कर नीतिको विरोधमा विराटनगरका विभिन्न व्यापारिक संघहरुले मंगलबार प्रदर्शन गरेका छन ।

विराट व्यापार संघको आयोजनामा गरिएको विरोध ¥यालीमा विराटनगर ट्रक व्यवसायी संघ, मोरङ चेम्बर अफ कमर्श, घरेलु तथा साना उद्योग महासंघ, विराटनगर हार्डवयेर संघ लगायत १३ वटा संघहरुको उपस्थिती रहेको थियो । ¥यालीमा सहभागीहरुले ढुवानीमा लगाईएको भ्याट खारेज गर, बैंकको ब्याजदर ७ देखि ९ प्रतिशत कायम गर, अब्यहारिक‘ भिसिटिएस’ खारेज गर लगायतका नारा लेखिएका प्ले कार्डहरु बोकेका थिए ।
 

साउन १ गतेदेखि अनलाइनमा दर्ता नगरी सामान ढुवानी गरे १ लाख रुपैयाँ जरिवाना


साउन १ गतेदेखि सञ्चालनमा आउने ‘ वेभमा आधारित ढुवानी प्रणाली’ अव्यवहारिक रहेको ब्यवसायीहरुको ठहर छ । साथै बैंकको व्याजदर७ देिख ९ प्रतिशत कायम गर्नुपर्ने, ढुवानीकर्तालाई लगाईएको १३ प्रतिशत कर खारेज गर्नुपर्र्ने, ज्यालादारी कामदारमाथि लगाईएको पान नंम्बरको अनिबार्यता खारेज गर्नुपर्ने, बैंक खातामार्फत पारिश्रमिक भुक्तानी गर्ने प्रावधान खारेज गर्नुपर्ने, जनतासँग प्रत्यक्ष सरोकार राख्ने खाद्यान्नमा लगाईएको मुल्य अभिवृद्धि कर खारेज गर्नुपर्ने, सामाजिक सुरक्षा कोषको प्रावधान परिमार्जन गर्नुपर्ने उनीहरुको माग रहेको छ ।
 

साउन १ गते देखि प्यान विना तलब नपाउने, १००० माथिको पारिश्रमिक प्यान अनिवार्य

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411