भोली खण्डग्रास चन्द्रग्रहण, नाङ्गो आँखाले हेर्न हुन्छ कि हुन्न ?

सोमबार, आषाढ ३०, २०७६ साल,
काठमाडौ । भोली असार ३१ गते खण्डग्रास चन्द्रग्रहण लाग्ने भएको छ । यो ग्रहण नेपालको सबै भागबाट देखिन्छ । नेपालका साथसाथै दक्षिण अमेरिका, यूरोप, एसिया र अष्ट्रेलियाबाट पनि देखिन्छ । पृथ्वीको कुनै पनि भागबाट ग्रहणले चन्द्रमा पूरा ढाकिएको देखिँदैन ।

ग्रहण शुरु हुने र अन्त्य हुने नेपाली समय

विरल छायाँले ढाक्न शुरु गर्ने : बिहान ०ः२८ बजे

खण्डग्रास ग्रहण अर्थात् सघन छायाँले ढाक्न शुरु गर्ने :बिहान १ः४६ बजे

खण्डग्रास ग्रहणको मध्य : बिहान ३ः१५ बजे

खण्डग्रास ग्रहण अर्थात् सघन छायाँले ढाक्न छोड्ने : बिहान ४ः४४ बजे

विरल छायाँले ढाक्न छोड्ने : बिहान ०ः६०२ बजे (तर चन्द्र अस्त बिहान ५ः२५ मा भइसक्ने हुनाले यो नेपालबाट देखिदैन)

ग्रहण अवधि :

खण्डग्रास चन्द्रग्रहण (सघन छायाँले ढाक्ने) अवधिः २ घण्टा ५८ मिनेट

विरल छायाँले ढाक्ने अवधि : ५ घण्टा ३४ मिनेट

दिप्तीक्रमः

खण्डग्रास चन्द्रग्रहण ९सघन छायाँले ढाक्दा०को दिप्तीक्रम : ०.६५३
विरल छायाँले ढाक्दाको दिप्तीक्रम : १.७०४

चन्द्रग्रहण देखिने कारण :

पृथ्वीले सूर्यलाई र चन्द्रमाले पृथ्वीलाई घुम्ने क्रममा जब सूर्य, पृथ्वी र चन्द्रमा एउटै सरल रेखामा हुन्छन् र पृथ्वी बीचमा पर्छ, तब पृथ्वीको छायाँ चन्द्रमा पर्छ र पृथ्वीबाट चन्द्रग्रहण देखिन्छ । यो पूर्णीमाको राती पर्दछ ।

हेर्ने तरिका र प्रभाव :

चन्द्र ग्रहण नाँगो आँखाले हेर्न सकिन्छ । धार्मिक मान्यता र परम्परा अनुसार आफ्नै विशेष मान्यता रहेता पनि, वैज्ञानिक दृष्टिकोणबाट हेर्दा यो एउटा सामान्य खगोलिय घटना भएको र यसलाई सवै व्यक्तिले अवलोकन गर्न सक्दछन् र चन्द्रगहणलाई अवलोकन गर्दा यसले कुनै नकारात्मक प्रभाव पार्दैन ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411