बाढी पहिरोका कारण संसद बैठक सूचनामार्फत १० दिनको लागि स्थगित

सोमबार, आषाढ ३०, २०७६ साल,
काठमाडौं । सोमवार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक सूचना टाँस गरेर १० दिनको लागि स्थगित गरिएको छ ।

संघीय संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले सोमवार सूचना प्रकाशित गरी सदस्यहरू बाढी पहिरो लगायत विपत्तिमा परेका पीडितहरूलाई सहयोग गर्न जिल्ला जानु परेकोले सभामुख कृष्णबहादुर महराले साउन ८ गतेसम्मका लागि बैठक स्थगित गरेका जानकारी गराएका हुन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाले बाढीपीडितको उद्धारमा जान भन्दै सोमवारको बैठक स्थगनका लागि संसद सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411