सेल्फी नलिई पढायो भने शिक्षकले तलब नपाउने नियम

सोमबार, आषाढ ३०, २०७६ साल,
एजेन्सी । भारतको उत्तर प्रदेशको बारम्बंकी जिल्लामा प्राइमरी स्कूलका अध्यापकका लागि निकै अचम्मको तरिकाले हाजिर गर्नुपर्ने नियम लागु भएको छ । नयाँ नियम अनुसार अध्यापकहरुले ठिक आठ बजे स्कूल पुगेर कर्मचारी र बच्चासँग सेल्फी खिच्नुपर्नेछ, त्यसलाई विभागको ह्वाट्सएप ग्रुपमा पठाउनुपर्ने छ, अनिमात्रै पढाई र अन्य काम गर्नुपर्नेछ ।

यो व्यवस्थाको पालना नगर्ने र अनुपस्थित रहने अध्यापकको एक दिनको तलब दण्डस्वरुप काटिने बताइएको छ । यस्तो नियम लागु गर्नुपर्ने कारण बताउँदै जिल्लाका शिक्षा अधिकारीले भने, ‘धेरैजसो अध्यापक समयमै स्कूल नपुग्ने र छुट्टीमा धेरै बस्ने उजुरी आएपछि यस्तो निर्णय लिइएको हो ।’

शिक्षा अधिकारी वीपी सिंहले बीबीसीसँगको कुराकानीमा गत अप्रिलमा नयाँ सत्र सुरु भएदेखि नै यो नियम लागु गरिएको बताए । उनले भने, ‘अप्रिल महिनामा केही दिन स्कूल खोलेपछि गर्मीको छुट्टी भएको थियो । जुलाई १ पछि विद्यालय सुचारु भयो र शिक्षकलाई यो नियम पालना गर्न कडा निर्देशन दिइएको छ । अहिलेसम्म अनुपस्थित रहने वा सेल्फी नराख्ने करिब सात सय शिक्षकको एक दिनको तलब काटिएको छ ।’

बाराबंकीमा सरकारी प्राइमरी र मिडिल स्कूलमा करिब साढे सात हजार अध्यापक छन् । यी सबैमा यो नियम लागु गरिएको छ । उनीहरु सबैलाई बिहान आठ बजे स्कूल पुगेर विद्यार्थीसँग सेल्फी खिच्न र त्यसलाई बेसिक शिक्षा विभागको वेब पेजमा पोष्ट गर्न लगाइएको छ । यो नयाँ व्यवस्थालाई ‘सेल्फी अटेन्डेन्स मिटर’ नाम दिइएको छ ।

हुन त धेरैजसो अध्यापकले यसलाई ठिक मानिरहेका छन् तर कतिलाई भने यसमा आपत्ति छ ।

बंकी ब्लकको कन्या जुनियर हाई स्कूलकी एक शिक्षिका पारुल शुक्ला भन्छिन्, ‘यसले शिक्षकको आत्मसम्मानलाई ठेस पुर्याउँछ । हाजिरीको व्यवस्था पहिले नै थियो तर पनि तपाईंहरु हामीलाई सेल्फीको लागि बाध्य बनाएर के भन्न चाहनुहुन्छ रु के शिक्षकहरु अनुशासनहीन भएकै कारण उनीहरुमाथि विभिन्न नियम लागु गरिँदैछ रु आखिर यी सबै प्रयोग अन्य विभागमा किन हुँदैन, किन शिक्षकमाथि नै यस्ता नियम लादिएका हुन्छन् रु’

पारुल शुक्लाका अनुसार उनी सधैं समयमा नै स्कूलमा आउने र जबदेखि नियम लागू भयो, सेल्फी पनि पोस्ट गरिरहेकी छिन् तर नयाँ व्यवस्थाले आफूलाई कसैले शंकाको दृष्टिले हेरिरहेको भान हुने बताउँछिन् । पारुल शुक्लाकी अन्य सहयोगी सविता यादवलाई सेल्फी पठाउन कुनै आपत्ति नभएको तर पारुलको कुरासँग आफू पूर्ण सहमत भएको बताउँछिन् ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411