आँधीखोला लघुवित्तको आईपिओ बाँडफाँड, २ लाख ६३ हजार हात खाली

सोमबार, आषाढ ३०, २०७६ साल,
काठमाडौं । आँधीखोला लघुवित्तले निष्काशन गरेको आईपिओ बाँडफांड भएको छ ।  बिक्रि प्रबन्धक एनआईबिएल क्यापिटलले सोमबार बिहान शेयर बाँडफाँड गरेको हो ।

आईपिओमा ३ लाख ९ सय ९२ आवेदकबाट ५२ लाख ५० हजार ६ सय ३० कित्ताको लागि आवेदन परेको थियो । जस मध्ये ५ सय ७९ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । ३ लाख ४ सय १३ योग्य आवेदक मध्ये गोलाप्रथाबाट  ३७ हजार ५ सय जनाले समान १० कित्ताका दरले शेयर पाएका छन् । यस हिसाबमा २ लाख ६३ हजार ४ सय २२ आवेदक हातखाली भएका छन् ।

कम्पनीले गत आइतबार देखि ४ करोड रुपैया बराबरको ४ लाख कित्ता शेयर निष्काशन गरेको हो  । जस मध्ये ५ हजार कित्ता कम्पनीका कर्मचारीको लागि र २० हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ। बाँकि रहेको ३ लाख ७५ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन्।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411