शिक्षकलाई उमेरको हदम्याद, ५० वर्षमै अनिवार्य अवकास

आईतवार, आषाढ २९, २०७६ साल,
काठमाडौं । सामुदायिक विद्यालयको शैक्षिकस्तर उकास्न काभ्रे मन्डनदेउपुर नगरपालिकाको नगरसभामा शिक्षकको उमेर हदम्याद ५० वर्ष रहने विशेष प्रस्ताव पारित भएको छ ।

सेवा सुरु गरेको २५ वर्ष वा ५० वर्ष उमेर कटेका शिक्षकलाई बिदाइ योजनासँगै नगरले पाँचौं नगरसभाले विशेष प्रस्ताव पास गरेको हो ।

नगरसभामा प्रमुख टोकबहादुर वाइबाले सामुदायिक विद्यालयमा शिक्षामा सुधार गर्नका लागि २५ वर्ष सेवा अवधि पुगेको र ५० वर्ष उमेर नाघेका शिक्षकले अवकास लिए १ लाख रुपैया“ प्रोत्साहन रकम दिने प्रस्ताव पेस गरेकोमा सर्वसम्मत पारित भएको हो ।

यसअघि, संघ सरकार र प्रदेश सरकारले समेत शिक्षक दरबन्दी मिलान गर्न नसकेको अवस्थामा मन्डनदेउपुर नगरपालिकाले शिक्षकको दरबन्दी मिलान गरेर राष्ट्रिय रूपमा चर्चा कमाएको थियो ।

अब सामुदायिक विद्यालयको स्तर उकास्न प्रविधि बुझेका युवालाई शिक्षण पेसामा आबद्ध गराउन ५० वर्ष हदम्याद ल्याएको प्रमुख वाइबाले बताए ।

त्यस्तै, प्रोत्साहन रकम दिएर स्वास्थ्य स्वयंसेविकालाई समेत ५५ वर्ष उमेर हदम्याद राख्ने प्रस्ताव पारित  गरिएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411