सनराइज बैंकको सिईओमा जनक शर्मा पौड्याललाई नियुक्त
आईतवार, आषाढ २९, २०७६ साल,

काठमाडौं। सनराइज बैंकले प्रमुख कार्यकारी अधिकृतमा जनक शर्मा पौड्याललाई नियुक्त गरेको छ।
एक महिनाअघि बैंकले प्रमुख कार्यकारीमा निरज श्रेष्ठलाई नियुक्त गरेको थियो। उनले करारपत्रमा हस्ताक्षर गरेपछि दुई जना सञ्चालकहरुले बिरोध जनाएका थिए।
बैंक सञ्चालक समितिले पौड्याललाई प्रमुख कार्यकारी नियुक्त गरेको हो। चार बर्षका लागि पौड्याल प्रमुख कार्यकारी नियुक्त भएका हुन्।
३० बर्षे बैंकिङ क्षेत्रमा बिताएका पौड्यालले नबिल बैंकबाट करियर सुरु गरेका हुन्। उनले सन् १९८७ मा इन्ट्रि लेभलबाट करियर सुरु गरेका हुन्। नबिलमा ११ बर्ष काम गरेपछि उनी एनआइसी बैंक गएका थिए।
ग्लोबल बैंकमा उनी सहायक महाप्रबन्धकका रुपमा भित्रिएका थिए। ग्लोबलको नायव प्रमुख कार्यकारी हुँदै उनी प्रमुख कार्यकारी अधिकृत बनेका थिए।
ग्लोबल आइएमइमा दुई बर्ष कार्यकाल बाँकी छँदै उनले राजिनामा दिएर बाहिरिएका थिए। उनको कुलिङ पिरियड आउँदो साउन ८ गते सकिँदैछ।