अबिरल बर्षा भईरहदाँ २४ घण्टामा कहाँ कति मिलिलिटर पानी पर्यो ?

शुक्रबार, आषाढ २७, २०७६ साल,
काठमाडौं । काठमाडौंमा एक सय १५ मिलिलिटर वर्षा परेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौंमा एक सय १५.२ मिलिलिटर वर्षा भएको छ। सिमरामा तीन सय ११ मिलिलिटर वर्षा भएको हो। ओखलढुंगामा पनि भारी वर्षा भएको छ। यहाँ एक सय एक मिलिलिटर वर्षा भएको हो।

धनकुटामा ७५.५ मिलिलिटर वर्षा भएको छ भने भैरहवामा ४३ मिलिलिटर वर्षा भएको हो। पोखरामा कम वर्षा भएको छ। यहाँ ४.७ मिलिलिटर वर्षा भयो। दीपायल, डडेलधुरा, धनगढीमा भने निकै कम वर्षा भएको विभागले जनाएको छ।

बिहीबार रातिदेखि देशैभर मुसलधारे वर्षा भइराखेको छ। निरन्तरको वर्षाले तराईका विभिन्न जिल्लामा डुबान भएको छ भने पहाडमा ठाउँठाउँमा पहिरो खसेको छ।

बिहीबारदेखि शुक्रबार साँझसम्म निरन्तर वर्षा हुँदा काठमाडौं उपत्यकामा ३ जनाको मृत्यु भएको छ भने बागमती, विष्णुमति नदी कोरिडोर क्षेत्र डुवानमा परेका छन्।

जल तथा मौसम विज्ञान विभागले नदी तथा खोला आसपासका क्षेत्रमा सचेतना अपनाउन पनि आग्रह गरेको छ।

आइतबारसम्म वर्षा जारी रहने भएकोले नदी छेउ वस्ती भएका बासिन्दालाई सुरक्षित स्थानमा जान गृह मन्त्रालयले आग्रह गरेको छ।

यो पनि हेर्नुहोस्

२ दिन भारी वर्षा हुने, हवाई र सडक यातायातमा अवरोध आउन सक्ने, कुन कुन ठाउँमा छ सम्भावना ?

चार दिनसम्म भारी वर्षाको संभावना, कुन कुन ठाउँमा हुँदैछ बर्षा ?

देशैभर बाढी र पहिरोको खतराः कुन कुन ठाउमा छ खतरा ?

आइतबारसम्म देशैभर भारी वर्षा हुने, हावाहुरी पनि चल्ने

अविरल वर्षाले १३ ठाउँमा राजमार्ग अबरुद्ध, ११ जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411