सबैको लघुवित्तको ५ लाख ३० हजार कित्ता आइपिओ साउन १ गतेबाट बिक्री हुँदै

शुक्रबार, आषाढ २७, २०७६ साल,
काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन १ गतेदेखि साधारण सेयर (आइपिओ) बिक्री गर्ने भएको छ ।

संस्थाले साउन १ गतेदेखि ५ करोड ३० लाख रुपैयाँ बराबरको ५ लाख ३० हजार कित्ता साधारण सेयर बिक्री गर्न लागिएको जनाएको छ ।

सेयर बिक्री बन्द छिटोमा आगामी साउन ५ गतेसम्म तोकिएको छ । सूचना अनुसार संस्थाका कर्मचारीलाई ८ हजार २५० कित्ता र सामूहिक लगानी कोषलाई २६ हजार ५०० कित्ता सुरक्षति गरिएको छ ।

संस्थाको सेयर निष्कासन तथा बिक्री प्रवन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडले रहेको छ ।

न्युनतम १० देखि अधिकतम २ हजार कित्तासम्म आवेदन दिन पाइने छ । संस्थाले आगामी ३ वर्षमा नाफा बढाएर १० करोड ३५ लाख रुपैयाँ पुग्ने अनुमान गरेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411