कुमारी बैंकका दुई शाखा थप
शुक्रबार, आषाढ २७, २०७६ साल,

काठमाडौं । कुमारी बैंकले बिहीवार उपत्यकामा दुई शाखा एकसाथ सञ्चालनमा ल्याएको छ ।
बैंकले ललितपुरको झम्सिखेल र काठमाडौंको ठमेलमा शाखा शुरू गरेको हो । ठमेल शाखाको उद्घाटन बैंकका अध्यक्ष अमीरप्रताप जबरा र ठमेल पर्यटन बोर्डका अध्यक्ष प्रकाशनरसिंह राणाले गरे भने झम्सिखेल शाखाको उद्घाटन ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन तथा बैंकका अध्यक्ष जबराद्वारा भयो ।
उद्घाटनमा स्थानीय व्यापारी, बैंकका पदाधिकारी लगायत सर्वसाधारण उपस्थित थिए । उक्त शाखा थपसँगै बैंकको शाखा संख्या ९६ पुगेको छ । त्यस्तै, बैंकका देशभर एटीएम ८४, एक्सटेन्शन काउन्टर ३ तथा शाखारहित बैंकिङ एकाइ ३ ओटा सञ्चालनमा छन् ।