आइतबारसम्म देशैभर भारी वर्षा हुने, हावाहुरी पनि चल्ने

शुक्रबार, आषाढ २७, २०७६ साल,
काठमाडौं । बिहीबार रातिदेखि देशैभर मुसलधारे वर्षा भइराखेको छ। निरन्तरको वर्षाले तराईका विभिन्न जिल्लामा डुबान भएको छ भने पहाडमा ठाउँठाउँमा पहिरो खसेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार दिनभर मुसलधारे वर्षा भइरहनेछ। मौसमविद् सुवास रिमालले देशैभर भारी र मुसलधारे वर्षा हुने बताए।

‘शनिबारसम्म नै वर्षा जारी रहन्छ,’ उनले भने, ‘सतर्क रहनुपर्छ। अधिकांश ठाउँमा भारी वर्षा हुने देखिन्छ।’ वर्षासँगै हावाहुरी पनि चल्ने उनले जानकारी दिए।

‘मध्य तथा पूर्वीय क्षेत्रमा न्युनचापीय रेखा बनेको छ। त्यसले नै हावाहुरी र भारी वर्षा गराएको हो,’ उनले भने,  ‘तीन दिनसम्म मनसुन सक्रिय रहन्छ। केही ठाउँमा भारी र केही ठाउँमा अति भारी वर्षा हुने पनि सम्भावना छ।’

वर्षाले नदी छेउका वस्तीमा डुबान हुनसक्ने भन्दै सरकारले सचेत रहन आग्रह गरेको छ।
 

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

असार २७  गते शुक्रबार

दिउँसोस् देशभर अधिकांश बदली रही धेरैजसो स्थानहरुमा वर्षा हुनेछ। देशको खासगरि पूर्व र मध्य क्षेत्रका केही स्थानहरुमा भारि वर्षा हुने छ भने पूर्व क्षेत्रका तराई र मध्य पहाडका थोरै ठाउँहरुमा अति भारी वर्षासमेत हुनेछ। देशको केहि स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ।

रातिस् देशभर अधिकांश बदली रही धेरैजसो स्थानहरूमा वर्षा हुनेछ। देशको खासगरि पूर्व र मध्य क्षेत्रका केही स्थानहरुमा भारी वर्षा हुनेछ भने पूर्वक्षेत्रका तराई र मध्य पहाडका थोरै ठाउँहरुमा धेरै भारी वर्षासमेत हुनेछ। देशको केही स्थानमा हावाहुरीको सम्भावना रहेको छ।

असार २८   गते शनिबार

दिउसोस् देशभर व्यापक क्षेत्रमा वर्षा जारी रहनेछ। खासगरी पूर्व र मध्य क्षेत्रका केही स्थानहरूमा भारी वर्षा हुनेछ भने पूर्व र मध्य क्षेत्रका मध्य पहाड र तराईका थोरै ठाउँहरूमा धेरै भारी वर्षासमेत हुनेछ। देशका केही स्थानहरूमा हावाहुरीको सम्भावना छ।

रातिस् देशभर व्यापक क्षेत्रमा वर्षा जारी रहनेछ। देशको खासगरि पूर्व र मध्य क्षेत्रका केही स्थानहरूमा भारी वर्षा हुनेछ भने पूर्व र मध्यक्षेत्रका मध्य पहाड र तराईका थोरै ठाउँहरूमा धेरै  भारी वर्षासमेत हुनेछ। देशको केही स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ।

असार २९   गते आइतबार

दिउसोस् देशभर व्यापक क्षेत्रमा वर्षा जारी रहनेछ। देशको खासगरि पूर्व र मध्य क्षेत्रका केही स्थानहरूमा भारी वर्षा हुनेछ भने पूर्व र मध्य क्षेत्रका मध्य पहाड र तराईका थोरै ठाउँहरुमा धेरै भारी वर्षा समेत हुनेछ।

रातिस् देशभर व्यापक क्षेत्रमा वर्षा जारी रहनेछ। देशको खासगरि पूर्व र मध्य क्षेत्रका केही स्थानहरूमा भारी वर्षा  हुनेछ भने पूर्व र मध्य क्षेत्रका मध्य पहाड र तराईका थोरै ठाउँहरूमा धेरै भारी वर्षासमेत हुनेछ।

 



 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411