घोडीघोडा लघुवित्तले निष्काशन गरेको आईपिओ बाँडफांड

शुक्रबार, आषाढ २७, २०७६ साल,
काठमाडौं । घोडीघोडा लघुवित्तले निष्काशन गरेको आईपिओ बाँडफांड भएको छ । बिक्रि प्रबन्धक प्रभु क्यापिटलले शुक्रबार बिहान क्यापिटलको कार्यालय कमलादीमा आईपिओ बाँडफांड गरेको हो ।

आईपिओमा कुल २ लाख ८६ हजार ५५ ले आवेदन दिएकोमा ४९०  जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । बाँकि रहेका २ लाख ८५ हजार ५ सय ६५ योग्य आवेदक मध्ये गोलाप्रथाबाट  १२ हजार ४ सय ५९ जनाले मात्र  १० कित्ताको दरले शेयर पाएका छन् । यस हिसाबमा २ लाख ७३ हजार ५ सय ९६ आवेदक हात खाली भएका छन् ।


घोडीघोडा लघुवित्तले असार २० गते देखि आईपिओ निष्काशन गरेको हो ।  कम्पनीले १ करोड ३२ लाख ६० हजार बराबरको १ लाख ३२ हजार ६ सय कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये १३८० कित्ता शेयर कर्मचारीलाई र ६६ सय ३० सामुहिक लगानी कोषलाई सुरक्षित गरिएको छ । बाँकि रहेको १ लाख २४ हजार ५ सय ९० कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन ।

कञ्चनपुरको बेलौरीमा केन्द्रीय कार्यालय रहेको यस कम्पनीले कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, दाङ, डोटी, डडेल्धुरा, बैतडी, दार्चुला र सुर्खेत गरी १० जिल्लामा कार्यक्षेत्र विस्तार गरेको छ । हाल कम्पनीको अधिकृत पूँजी १० करोड, जारी पूँजी २ करोड १२ लाख ५० हजार र चुक्तापूँजी १ करोड १० लाख ५० हजार रहेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411