देशैभर बाढी र पहिरोको खतराः कुन कुन ठाउमा छ खतरा ?

शुक्रबार, आषाढ २७, २०७६ साल,

काठमाडौं । बिहानैदेखि देशका विभिन्न भागमा वर्षा निरन्तर रुपमा भइरहेका कारण देशैभरी बाढी र पहिरोको खतरा देखिएको छ । बढेको पाइएको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएअनुसार कमला नदी—धनुषा— तितरिया बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह नजिक रहेको र बढ्दै गएकाले धनुषा र सिरहा जिल्लाको डुबान भइरहने तटीय क्षेत्रमा बेलुकासम्म सतर्क रहनुपर्ने अवस्था रहेको छ ।

मेची,निन्दा,विरिङ,मावा-रतुवा,नुनखोला,लोहन्द्रा,वुढीखोला,खेसिलिया,सुनशरी खोला,त्रियुगा, वालन, खुट्टी,चुरियाखोला,खाडो,माहुली,रातो,हर्दी,लालबकैया लगायत साना नदी जलाधारको धेरै स्थानहरूमा सतर्कता भन्दा माथि बाढी आउनेगरी बर्षा भईरहेकोले तटिय क्षेत्रमा उच्च सतर्कता अपनाऔ @NEOCOfficial pic.twitter.com/4rjQyirc9W

कमला नदी-धनुषा-तितरिया बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह नजिक रहेको र बढ्ने क्रममा रहेकोले धनुषा र सिराहा जिल्लाको डुबान भईरहने तटीय क्षेत्रमा रहनुहुनेहरू बेलुका सम्मै सतर्क रहनुहोला बाढी पूवानुमान शाखा Mass SMS Sent@NEOCOfficial

— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) July 12, 2019


त्यसैगरी विशेष बाढी सूचना जारी गर्दै महाशाखाले वाग्मती नदीको तराई क्षेत्रमा बहाव खतराजनक रहेकोे र कमला तथा कन्काईमा वहाव सतर्कता तह नजिक रहेको जनाइएको छ । यसैगरी कोशी नदीमा बहाव सतर्कता तह नजिक रहेको र बढ्दो रहेको, प्रदेश १, २ र ३ का सबै चुरे खोलाहरुमा बहाव सतर्कता माथि र उच्च खतरा भएकोले भोलिसम्म नै यो अवस्था कायम रहने जनाइएको छ । महाशाखाले सबै शक्ति बाढीबाट जोगिने कार्यमा लगाउन आग्रह गरेको छ ।
 
त्यसैगरी वाग्मतीको पधेरादोभान बाढी मापन केन्द्रमा बिहान ८ बजे जलसतह खतरा तहमा पुगेको र बढ्दो रहेकाले रौतहट र सर्लाहीका तटीय क्षेत्रमा हुनेहरु बेलुकासम्म सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ ।

विशेष बाढी सूचना!
२७असार२०७६
बागमती नदीको तराई क्षेत्रमा बहाब खतरा माथि, बढ्दो
कमला र कन्काईमा बहाब सतर्कता तह नजिक, बढ्दो
कोसी नदीमा बहाब सतर्कता तह नजिक, बढ्दो।
प्रदेश १,२ र ३ का सवै चुरे खोलाहरुमा बहाब सतर्कता माथि र उच्च खतरा।
भोलि सम्मै कायम रहने
सवै शक्ति प्रतिकार्यमा लगाऔं pic.twitter.com/gXxPXTEWm8

— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) July 12, 2019

यस्तै भारी वर्षाका कारण प्रदेश १, २ र ३ तथा चुरे र पहाडको क्षेत्रबाट बहने प्रायः नदीहरुमा जलसतह सर्तकता तह आसपास रहेको र थप वर्षा हुने देखिएकोले सतह अझै बढ्ने खतरा आकलन गरिएको छ । बाढी पूर्वानुमान गर्ने कम्प्युटर मोडेलहरुले समेत उच्च जल प्रवाह हुने देखाएकोले नदीको तटीय क्षेत्रमा भोलिसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

त्यस्तै कपिलवस्तु, रुपन्देही, चितवन, वारा, पर्सा, मकवानपुर, सिन्धुली सिरहा, रौतहट र आसपास अधिकांश स्थानमा बिहीबारदेखि नै भारी वर्षा भएको तथा  कमला, वाग्मती तथा यसका शाखा नदीहरु र अन्य साना नदीमा जलसतह बढ्दो रहेको जनाइएको छ । ती मध्ये केहीमा खतरा तह पार हुने अवस्था रहेको महाशाखाको भनाइ रहेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411