एभरेष्ट होटल सञ्चालन हुने, पुराना कर्मचारीलाई सम्पर्कमा आउन १५ दिने सूचना

बुद्धबार, आषाढ २५, २०७६ साल,
काठमाडौं । बन्द अवस्थामा रहेको बानेश्वरस्थित होटल एभरेष्ट इन्टरनेशनल लिमिटेडले नियमित काममा फर्किन श्रमिकहरुलाई आग्रह गरेको छ ।

सञ्चालनको तयारीमा रहेको होटल एभरेष्टले बुधबार एक सूचना जारी गर्दै आफ्ना सबै कर्मचारीलाई काममा फर्कन आग्रह गरेको हो ।

होटलको मानव संशाधन विभागले काममा फर्कन इच्छुक श्रमिकलाई १५ दिनको समयसीमा दिएको छ । तोकिएको समयभित्र सम्पर्कमा नआएमा रोजगारीको ग्यारेन्टी नहुने र सट्टामा नयाँ कर्मचारी भर्ना प्रक्रिया थाल्ने होटल व्यवस्थापनले प्रष्ट पारेको छ ।

लगानीको विषयमा सञ्चालकबीच विवाद भएपछि ११६ कोठा, ३ रेस्टुराँ, १ बार र ३ साना ठूला हल भएको ३६ वर्ष पुरानो होटल ०७२ वैशाख १२ को भूकम्पलगत्तै देखि बन्द छ ।

होटल बन्दपछि रोजगारविहीन श्रमिकले संघर्षसमेत गर्दै आएका थिए । होटल मजदुरको आन्दोलनपछि होटल व्यवस्थापन र संयुक्त संघर्ष समितिबीच ०७५ फागुन १२ गते १२ बुँदे सम्झौता भएको थियो ।

सम्झौतामा बन्द होटल सञ्चालनमा ल्याएर पुरानै श्रमिकलाई फर्काउनेलगायत विषय उल्लेख छ । त्यही सम्झौताअनुरुप होटल सञ्चालनको तयारी तीव्र गतिमा भइरहेको होटल मानव संशाधन तथा प्रशासन निर्देशक नारायण पौडेलले जनाएका छन् ।

हेर्नुहोस् एभरेष्ट होटलको सूचना

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411