किन दियो अमेरिकाले भारतलाई चेतावनी, अब के गर्दछन् मोदी ?

बुद्धबार, आषाढ २५, २०७६ साल,
काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नीतिलाई लिएर फेरि एकपटक चेतावनी दिएका छन् ।

उनले मंगलबार ट्विट गर्दै अमेरिकी उत्पादनमा भारतको तर्फबाट लगाइने भारी कर अब स्वीकार्य नहुने समेत जनाएका छन् । भारतले कर फिर्ता नगरेमा अमेरिकाको कदम के हुन्छ भन्ने कुरा भने उनले खुलाएका छैनन् ।

तर, ट्विटका अनुसार उनले आगामी दिनमा भारतका विरुद्ध कुनै कदम चाल्न सक्ने संकेत गरेका छन् । ट्रम्पको पछिल्लो ट्विटमा भनिएको छ,‘‘भारतले लामो समयदेखि अमेरिकी उत्पादनमा कर लगाइरहेको छ । अब यो स्वीकार्य छैन ।’’

गएको जुन महिनाको शुरुमा जी २०को बैठकको ठीक अगाडि अमेरिकी राष्ट्रपतिले ट्विट गर्दै भारतले २८ वटा अमेरिकी उत्पादनमाथि लगाएको कर फिर्ता लिनुपर्ने जनाएका थिए । यसबारेमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र ट्रम्पबीच जापानको ओशाकामा भएको जी २० बैठकमा पनि कुराकानी भएको जनाइएको छ । तर, समश्या समाधान भएको छैन । यही बेलामा ट्रम्पले ट्विट गरेका हुन् । बीबीसी

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411