विश्व कै सबैभन्दा विशाल सोलार फार्म अबुधाबीमा बन्यो

मंगलवार, आषाढ २४, २०७६ साल,
काठमाडौं । अबु धाबीले संसारको सबभन्दा ठूलो सोलार प्लान्ट बनाएको छ । यसबाट ९० हजार मानिसका लागि हरित ऊर्जा प्राप्त हुनेछ ।

नूर अबु धाबीमा ३२ लाख सोलार प्यानल छन् । यसले लगभग दश लाख मेट्रिक टन बराबरको कार्बनडाइअक्साइड उत्सर्जन घटाउनेछ । त्यो भनेको दुई लाख कार नचले जति हो ।

आठ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको यो संसारकै सबभन्दा ठूलो एकीकृत सोलार प्लान्ट हो ।

चीनको झोङवेमा भएको सोलार पार्कले फरक फरक ठाउँमा गरी ४३ वर्गकिलोमिटर क्षेत्र ओगटेको छ ।

यूएईले सोलार प्लान्ट बनाउनका लागि लगभग ९६ अर्ब रुपैयाँ खर्च गरेको छ । देशमा स्वच्छ ऊर्जा वृद्धि गर्नका लागि यो परियोजना सञ्चालन गरिएको हो ।

अहिले कार्बनडाइअक्साइड उत्सर्जन गर्ने देशमा यूएई २९औं स्थानमा पर्छ । उसले पेट्रोल र डीजेलबाट चल्ने गाडीका कारण कार्बन उत्सर्जन गर्ने गरेको हो ।

यूएई आफ्नो तेल खानीमा अत्यधिक निर्भर छ । संसारको सातौं ठूलो तेलखानी भण्डार यूएईमा छ । एजेन्सी

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411