​नेप्सेमा साढे पाँच अंक वृद्धि, २२ करोडको कारोवार

सोमबार, जेष्ठ ३२, २०७२ साल,
काठमाडौं । पछिल्ला दिनको कारोवारमा लगातर ३८ अंक गुमाएको नेप्सेले सोमवार पाँच अंक ‘रिकभर’ गरेको छ । बुधवार नेप्से बजार ५.३८ अंकको वृद्धिसहित ९३३.७८ अंकमा बन्द भएको छ । 
 
सोमवार बैंकिङ समूहको ५.२८ अंकको वृद्धिले नेप्सेलाई थेग्यो । त्यसैगरी होटल समूहको १५.९३ अंक, विकास बैंक समूहको २.३१ अंक, जलविद्युत समूहको १५.९६ अंक, इन्सुरेन्स समूहको ३४.७९ तथा उत्पादन समूहको २०.१४ अंकको वृद्धि भयो ।
 
नेप्सेमा सोमवार नागवेली लघुवित्त विकास बैंकका सेयरधनीले दश प्रतिशतको वृद्धि पाए । त्यसैगरी सहयोगी विकास बैंकको सेयर पनि दश प्रतिशतले बढ्यो । नागवेलीको प्रतिकित्ता १७६ रुपैयाँको वृद्धिसहित सेयर मूल्य १९४० रुपैयाँ पुग्यो । सहयोगी विकास बैंकको सेयर ४२५ रुपैयाँ पुगेको छ ।
 
सबैभन्दा बढी सिद्धार्थ इन्सुरेन्सका सेयरधनीले साढे सात प्रतिशत अर्थात प्रतिसेयर ५० रुपैयाँ गुमाए । कम्पनीको प्रतिकित्ता ६१२ रुपैयाँमा अन्तिम कारोवार भयो । सबैभन्दा बढी सेयर कारोवार नेपाल लाइफ इन्सुरेन्सको तीन करोड ४९ लाख रुपैयाँ बराबरको भयो । 

बजारको वृद्धिसँगै नेप्सेको कारोवार रकम पनि केही मात्रामा बढेको छ । आइतवार १७ करोडको मात्रै कारोवार भएको नेप्सेमा सोमवार २२ करोड रुपैयाँको कारोवार भयो । 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411