अमेरिकामा भीषण वर्षा, पानीमा डुब्यो ह्वाइट हाउस

मंगलवार, आषाढ २४, २०७६ साल,
काठमाडौं । अमेरिकाको राजधानी वाशिङटन र भर्जिनियामा सोमवार बेस्सरी पानी परेपछि बाढी आएको छ ।

त्यहाँ एक घन्टाभित्र ३.३ इन्च पानी परेको छ । शहरका सडकमा पानी पस्यो । ह्वाइट हाउसको बेसमेन्टमा बनेको मिडिया रूममा पानी भरियो ।

मौसम विभागले मेट्रो क्षेत्रमा संकटकालीन स्थिति घोषणा गरिदियो । स्थानीय सञ्चारमाध्यमका अनुसार, खराब मौसमका कारण दक्षिण वाशिङटनमा ट्रेन यातायात सेवा रद्द गरिएको छ ।

जर्ज वाशिङटन पार्कवेको एक क्षेत्रमा पानी भरिएपछि त्यसलाई बन्द गरिएको छ । डिस्ट्रिक्ट अफ कोलम्बियामा सोमवार अबेरसम्म पानी परिरह्यो । त्यहाँ आँधीका कारण विमानस्थलमा क्षति पुगेको छ ।

भारी वर्षाका कारण साना नाला, राजमार्ग, सडक र अन्डरपासहरूमा पानी भरिएको छ । अझै दुई दिन चर्को पानी पर्ने र आँधी आउने सम्भावना छ । एजेन्सी

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411