मातृका यादवले किन अचानक छाडे मन्त्रिपरिषद बैठक ?

मंगलवार, आषाढ २४, २०७६ साल,
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव मन्त्रिपरिषद बैठक बीचैमा छाडेर हिंडेका छन् ।

सिंहदरबारमा बसेको बैठक चलिरहेका बेला यादव बाहिरिएका हुन् । यादवले सोमबार मात्र पत्रकार सम्मेलन गरी भारतीय तरकारी र फलफूलको विषादी परीक्षण प्रकरणमा सरकारलाई सचिवहरुले फसाएको प्रतिक्रिया दिएका थिए ।

प्रधानमन्त्री केपी ओली पनि मन्त्री यादवसँग सुरुदेखि नै रुष्ट छन् । यादवका स्वकीय सचिव सन्तोष विष्टले संसदमा जवाफ दिनुपर्ने र त्यसको तयारी गर्नुपर्ने भएकाले चाँडै बैठबबाट बाहिरिएको बताए । ‘उहाँले संसदमा जवाफ दिनुपर्ने भएकाले तयारीका लागि बाहिरिनुभएको हो’, विष्टले भने ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411