गण्डकीले २ सय किसानलाई इजरायल पठाउने

मंगलवार, आषाढ २४, २०७६ साल,
काठमाडौं । कृषिमा आत्मनिर्भर बन्ने लक्ष्य लिएको गण्डकी प्रदेश सरकारले किसानलाई दक्ष र व्यावसायिक बनाउन तालिमका लागि इजरायल पठाउने भएको छ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले २ सय किसानलाई कृषिको १ वर्षे तालिमका लागि इजरायल पठाउन लागेको जानकारी दिए।

‘१ वर्ष उता तालिम लिँदा र काम गर्दा केही पैसा पनि हाम्रा किसानले कमाउँछन्’, मुख्यमन्त्री गुरुङले भने, ‘त्यही पैसाले यता आएर व्यावसायिक कृषि गर्न सक्छन्।’ विशुद्ध किसानलाई मात्रै तालिमका लागि छनोट गर्ने उनले बताए। ‘

माटोमा काम गरेको, गोठमा काम गरेको र खोरमा काम गरेका किसानलाई मात्रै तालिम दिने हो’, उनले भने। यहाँका किसानलाई तालिम दिनेबारे इजरायलसँग सम्झौता हुन भने बाँकी छ। तर छलफल भइरहेको छ। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङकै कार्यकक्षमा नेपालका लागि इजरायलका राजदूत बेनी वमरले केही अघिमात्रै छलफल गरेका थिए। त्यसपछि अर्को चरणको छलफल पनि भइसकेको छ।

गण्डकीका किसानलाई तालिमका लागि इजरायलमा पठाउने चाँजो मिलाउन लमजुङस्थित आराभा नेपाल मोर्डन एग्रिकल्चर लिमिटेडले सहजीकरण गरिरहेको छ।

आराभा नेपाल इजरायलमा गई त्यहाँको कृषि प्रणालीअनुसार लमजुङ दुराडाँडामा खेती गरिरहेका युवाले खोलेको पब्लिक लिमिटेड कम्पनी हो। उक्त कम्पनीका कृष्ण बजगाईले पहिला नेपालमै तालिम दिएपछिमात्रै किसानलाई इजरायल पठाइने जानकारी दिए।

साउनमा गण्डकीको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको टोलीले इजरायल पुगेर त्यहाँको आराभा इन्टरनेसनल सेन्टर फर एग्रिकल्चर ट्रेनिङका अधिकारीसँग छलफल गर्नेछ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411