प्रविधिमा लगानी बढाउन मर्जर, नियामकले असीमित समय दिँदैन :गभर्नर नेपाल

सोमबार, आषाढ २३, २०७६ साल,
काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जिबी नेपालले नियामकले नीति कार्यान्वयन गर्न असीमित समय नदिने बताए।

गर्भनर नेपालले १० बर्षअघि ५० करोडको पूँजी २ अर्ब पुर्याउन असीमित समय दिँदा पालना नभएको उदाहरणसमेत दिए।

चुक्ता पूँजी २ अर्बबाट ८ अर्ब पुर्याएका गभर्नरले दोस्रो चरणमा मर्जर गर्ने नीति लिएका बेला समय लगाएर मर्जर गर्नु पर्ने सुझाबमा भने असीमित समय कसैलाई हुँदैन। अब तपाईहरुले हामीलाई सहयोग गर्नुस्।

राष्ट्र बैंकले आगामी मौद्रिक नीतिका लागि सोमबार सरोकारवालासँग सुझाब संकलन गर्ने कार्यक्रममा मर्जरको नीतिलाई सहयोग गर्न आग्रह गरेका हुन्।

ुहिजो तपाईँहरुले नै मर्जर चाहिन्छ भन्नु भयो। मर्जरका लागि सरकारलाई लेखेर सुझाब पनि दिनु भयोु उनले भने अहिले मर्जर नीति ल्याउन लाग्दा भने अस्वभाविक बिरोधजस्तो देखिइरहेको छु। बाहिरका अनेक फोकट्या उदाहरण दिएर मर्जरको बिरोध गर्न खोजेजस्तो लागेको छ।

गभर्नरले सुचना प्रविधिमा ठूलो लगानीको आवश्यकता औंल्याउँदै संस्था बलियो हुँदा लगानी बढाउन सक्ने बताए। अमेरिकाजस्तो देशमा अहिले मर्जर भइरहेको छ। किन भइरहेको छ भन्दा प्रविधिमा लगानी बढाउन उनले भने, यहाँ पनि प्रविधिमा लगानी बढाउनु पर्छ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411