मल्टीपर्पस फिनान्सको खुल्यो ८६५ प्रतिशत हकप्रद शेयर

सोमबार, आषाढ २३, २०७६ साल,
काठमाडौं । मल्टीपर्पस फानान्सले एक कित्ता बराबर ८.६५ कित्ता अर्थात ८६५ प्रतिशतका दरले हकप्रद शेयर निस्काशन गरेको छ । कम्पनीले ३५ लाख ८५ हजार २६४ कित्ता शेयर विक्री खुल्ला गरेको जनाएको छ ।

सोमबार देखि खुल्ला बिक्री खुल्ला गरिएकोमा शेयरधनीले साउन ३६ गते सम्म भर्न पाउनेछन् ।

शेयर निस्काशनको लागि आसर ११ गतेदेखिनै बुक क्लोज गरिएको थियो । त्यसको अघिल्लो दिनसम्म शेयर किन्ने शेयरधनिले हकप्रद शेयर किन्न पाउने छन् ।

कम्पनीले सिभिल क्यापिटल मार्केट, पल्टीपर्पस फिनान्स कम्पनीको केन्द्रीय कार्यलय, राजविराज, सिभिल बैंकका सबै शाखा तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्रप्त सबै आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट शेयर खरिदका लागि दरखास्त दिन तथा रकम जम्मा गर्न पाइने कम्पनीले जनाएको छ ।

कम्पनीको धितोपत्र निश्काशन तथा विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411