१७ वटा बैंक मर्ज हुने, कुन कुन बैंकले राष्ट्र बैंकमा गरे प्रतिवद्धता सूचिसहित

सोमबार, आषाढ २३, २०७६ साल,
काठमाडौं । १७ वटा वाणिज्य बैंकहरुले राष्ट्र बैंकलाई मर्जरको प्रतिवद्धता बुझाए । यो तथ्यांक आइतबार साँझसम्मको हो ।

‘आइतबारसम्म १७ वटा वाणिज्य बैंकले राष्ट्र बैंक समक्ष लिखितरुपमा मर्जरको प्रतिवद्धता बुझाएका छन्,’ राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले भने ।

राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीबी नेपालले गत असार १२ गते बैंकका अध्यक्ष तथा सञ्चालकहरुलाई मौद्रिक नीतिअघि मर्जरको लिखित प्रस्ताव पेश गर्न निर्देशन दिएका थिए ।

गभर्नरको निर्देशनपछि बैंकहरुले धमाधम मर्जरका लागि जोडी खोजिरहेका छन् भने सञ्चालक समितिको बैठक बोलाएर मर्जर कमिटि गठन गरेका छन् ।

‘अधिकांश बैंकहरुले मर्जर कमिटि गठन गरेर जोडी खोजिरहेको जानकारी दिएका छन्,’ निरौलाले भने, ‘ग्लोबल बैंकले भने जनता बैंक गाभ्नका लागि समझदारी नै गरेको छ ।’

राष्ट्र बैंकका अनुसार एनएमबि बैंक, सनराइज बैंक, सिटिजन्स बैंक, लक्ष्मी बैंक, एनआइसी एशिया बैंक, सिभिल बैंक, माछापुच्छ्रे बैंक, सेञ्चुरी बैंक, नेपाल एसबिआइ बैंक, ग्लोबल आइएमइ बैंक, कुमारी बैंक, हिमालयन बैंक, मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले मर्जरको प्रतिवद्धता बुझाएका हुन् ।

प्रतिवद्धता बुझाएपनि आधा दर्जन बैंकबाहेक अधिकांश बैंकहरु मौद्रिक नीतिको पर्खाइमा बसेका छन् । देशमा २८ वाणिज्य बैंक सञ्चालनमा छन् ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411