बैंकबाट ऋण दिने भन्दै बलात्कार गर्ने बैंक मेनेजर पक्राउ

सोमबार, आषाढ २३, २०७६ साल,
काठमाडौं । मोरङको धनपालथान गाउँपालिका–४ कर्सीयास्थित नेपाल–बंगलादेश बैंक शाखा कार्यालयका प्रमुख अमित बास्तोलालाई बलात्कार आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

बैंक मेनेजरलाई ५ दिन अगाडी नै पक्राउ गरिएको भएपनि प्रहरीले भन गुपचुप राखेको थियो । बास्तोलालाई २०७५ चैत २२ गते कर्जा माग्न गएकी एक सेवाग्राहीलाई होटलमा लगेर बलात्कार गरेको आरोप लागेको छ ।

घटना बाहिरिएपछि उनी फरार थिए । प्रहरीकाअनुसार विराटनगर महानगरपालिका–४ घर भएकी महिला कर्जा माग्न बैंक पुगेकी थिइन । सेक्स गर्न दिनेभए मात्रै कर्जा उपलब्ध गराउने भनेर बास्तोलाले भनेपछि प्रतिवाद गरेको तर आफूमाथि जवरजस्ती गरेको भनी महिलाले किटानी जाहेरी दिएको प्रहरीको भनाइ छ ।

पीडित महिलाले चार लाख कर्जा मागेको खुलेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए । झापाको बुधबारे घर भएका बैंक मेनेजर बास्तोलालाई पक्राउ गरी जवरजस्ती करणी ऐन अन्तर्गतको मुद्दा चलाउन म्याद थप गरी अनुसन्धान अघि बढाइएको  डीएसपी श्रेष्ठले जानकारी दिए।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411