एनसिसी बैंकले घोषणा गर्यो १५ प्रतिशत बोनस शेयर
आईतवार, आषाढ २२, २०७६ साल,

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई १५.८९ प्रतिशत बोनस तथा बोनस शेयरमा लाग्ने कर प्रयोजनको लागि ०.८३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
बैंकले एक अर्ब ११ करोड ५२ लाख ५३ हजार ५२२ रुपैयाँ बोनस र कर प्रयोजनका लागि ५ करोड ८६ लाख ९७ हजार ५५४ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
आइतबार बसेको संचालन समितिको बैठकले आर्थिक वर्ष २०७४/७५को लेखा परीक्षण प्रतिवेदनमा उल्लेख भएको नाफाबाट शेयर दिन सकिने भएकाले स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ ।