तपाईंको मोबाइल निगरानी गर्न सरकारले दियो मलेसियन कम्पनीलाई ७७ करोड रुपैयाँ

शुक्रबार, आषाढ २०, २०७६ साल,
काठमाडौं । नेपालमा मोबाइल सेटलाई नियमन गर्न पहिलोपटक डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)का लागि सम्झौता भएको छ । यो सिस्टम प्रयोगमा आएपछि चोरी भएको मोबाइल फेला पार्नदेखि अवैधरुपमा आयात गरिएका सेटहरु ब्लक गर्न पनि सहज हुने अधिकारीहरुले बताएका छन् ।

सरकारले मलेसियन कम्पनी ‘एमरएस निउमेरा’ सँग यो सिस्टम जडानका लागि सम्झौता गरेको हो । यसमा भारतीय कम्पनी ओएसआई कन्सल्टिङ प्रालि र सिंगापुरको नमस्ते ग्लोबल कम्युनिकेसन प्रालि पनि ज्वाइन्ट भेन्चरका रुपमा छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणले करिब ७७ करोड ३९ लाख रुपैयाँ ९७० लाख ६६ हजार अमेरिकी डलर० मा यो सिस्टमका लागि सम्झौता गरेको हो । अब यो सिस्टमको डिजाइन, विकास, आपूर्ति, जडान, परीक्षण, सञ्चालन र व्यवस्थापन निउमेराले गर्नेछ ।

यो सिस्टम जडानका लागि १३ विदेशी कम्पनीले काम गर्ने इच्छा देखाएका थिए । यसमा झण्डै एक अर्ब लगानी लाग्ने सरकारी अनुमान थियो ।

मोबाइलको ब्यापार तथा प्रयोग ब्यापक दरमा बढ्दै गएपछि सरकारले ‘सेट’ लाई नै नियमन गर्ने गरी यो सिस्टम बनाउन लागेको हो । अन्य देशमा लामो समयदेखि प्रयोगमा रहे पनि नेपालमा यसप्रकारको सिस्टम प्रयोगमा आएको छैन ।

प्राधिकरणका प्रवक्ता मिनप्रसाद आर्यालयका अनुसार ६ महिनाभित्र कम्पनीले सिस्टम जडान गरेर सञ्चालनमा ल्याईसक्नेछ । यो सिस्टम लागू भएपछि देशभरका व्यक्तिहरुसँग रहेका सबै मोबाइल सेट सरकारी निगरानीमा रहनेछन् ।

अवैध रुपमा आयात भएका मोबाइललाई ब्लक गर्न सकिने गरी यो सिस्टम तयार गरिनेछ । सँगै आपराधिक गतिविधिमा प्रयोग भएका मोबाइलको ‘ट्रयास’ गर्न पनि सकिने छ ।

यो सिस्टम लागू भएपछि मोबाइल चोरीको समस्याहरु हट्ने दावी प्राधिकरणको छ । ‘चोरी भएका मोबाइल कहाँ, कसले प्रयोग प्रयोग गरिरहेको छ भन्ने कुरा सजिलै पत्ता लाग्ने छ,’ अर्यालले भने, ”हराएका मोबाइल सेटहरु खोज्न पनि सजिलो हन्छ ।’

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411