भारतको दवावपछि सरकारी निर्णय फिर्ता, विषादी परीक्षण विना नै तरकारी र फलफूल आयात हुने

शुक्रबार, आषाढ २०, २०७६ साल,
काठमाडौं। सरकारले विषादी परीक्षण विनानै भारत तथा अन्य मुलुकबाट नेपालमा तरकारी र फलफूल आयात गर्न बाटो खोलिदिएको छ।

भारतीय दूतावासले लिखित पत्र नै पठाएर दबाव दिएपछि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ६ महिनाका लागि यो नीति स्थगित गरेको स्रोतले बतायो । यद्यपि सरकारले विषादी परीक्षणका लागि आवश्यक तयारी नभएकाले स्थगितको निर्णय गरिएको बताएको छ ।

विषादी परीक्षण विना फलफूल र तरकारी आयात गर्न नदिने यसअघिको निर्णय १३ दिनमै उल्ट्याउँदै मन्त्रिपरिषदको बैठकले विना परीक्षण त्यस्ता वस्तुको पैठारीको बाटो खोलिदिएको हो।  

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले तयारी विना नै निर्णय गर्दा कार्यान्वयनमा समस्या भएकाले तत्काललाई साविकअनुसार नै फलफूल तथा तरकारी आयातको बाटो खोलिएको जानकारी दिए।

हामीसँग तरकारी जाँच गर्ने एउटा मात्रै मेसिन भएको र त्यो पनि काठमाडौंमा कारण भन्सारमा विषादी परीक्षण गर्न सकिएन, उनले भने, अब यथाशिघ्र सबै भन्सारमा विषादी जाँच गर्ने उपकरण जडान गरी आयातमा कडाई गर्ने तर तत्काललाई भने पहिले जस्तै आयात हुन दिने निर्णय भएको छ।

विहीबारको मन्त्रिपरिषद बैठकमा मन्त्री यादवले आफ्नै निर्णय उल्ट्याउने प्रस्ताव प्रस्तुत गरेका थिए। मन्त्री यादवले आफूले यसअघि गरेको निर्णय कार्यान्वयन गर्न केही समस्या  देखिएको पनि स्वीकार गरे। पहिले तयारी नपुगी निर्णय गर्दा कार्यान्वयनमा समस्या भयो, अब सबै भन्सारमा परीक्षणको उपकरण जडान गर्न अर्थ मन्त्रालयले बजेट दिने प्रतिबद्धता पनि जनाइसकेको छ, मन्त्री यादवले भने।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411