प्राइम बैंकमा गाभिने भयो कैलाश विकास बैंक, स्वाप रेसियो कति?
शुक्रबार, आषाढ २०, २०७६ साल,

काठमाडौं । प्राइम कमर्शियल बैंकमा राष्ट्रिय स्तरको कैलाश विकास बैंक गाभिने भएको छ । प्राइम बैंकले कैलाशलाई ९४ रुपैयाँको दरले मिसाउन लागेको हो ।
एक्वाएर गरेपछि प्राइम बैंकको नामबाट कारोबार हुने छ । प्राइम बैंक र ओम डेभलपमेन्ट बैंकको मर्जर भाडिएपछि प्राइमले धेरैवटा विकास बैंकलाई प्रस्ताव गरेको थियो ।
कैलाश विकास बैंकसँग सेयर स्वाप लगायत विषयमा कुरा मिलेको थिएन । शुक्रबार प्राइम बैंकको केन्द्रीय कार्यालयमा प्राइमका तर्फबाट मर्जर समितिका संयोजक गजेन्द्र बिष्ट र कैलाश विकास बैंकका अध्यक्ष नारायण प्रसाद पौडेलले मर्जर सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गरे ।
‘बिग मर्जर गर्नको लागि अन्यसँग पनि कुराकानी भइरहेको छ,हामी ठूलो मज्र्रर गर्ने तयारीमा छौ,’प्राइम बैंकका मर्जरक कमिटि संयोजक बिष्टले भने । उनले सेयर स्वापको रेसियो भने डिडिएपछि यकिन हुने बताए ।