रोजगारीका लागि मलेसिया जानु अघि यि संस्थाले गर्ने छन् परीक्षण (सूचीसहित)

शुक्रबार, आषाढ २०, २०७६ साल,
काठमाडौं । मलेसिया रोजगारीका लागि ९९ स्वास्थ्य संस्थाले स्वास्थ्य परीक्षण गर्न पाउने भएका छन्। मलेसिया रोजगारीका लागि इच्छुक दुई सय ९० स्वास्थ्य संस्थाको अनुगमनमा ९९ योग्य देखिएका हुन्।  

यसअघि ३७ संस्थाले मलेसिया रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्दै आएका थिए। एउटा भने यो अनुगमनमा अयोग्य देखिएको छ।

मन्त्रालयका अनुसार सुनापति पोलिक्लिनिक एण्ड हेल्थ सेन्टर प्रालि मलेसियाले पठाएको मापदण्ड नपुगेपछि अयोग्य ठहरिएको हो।

यससँगै मलेसिया रोजगारीका लागि इच्छुक १ सय ३८ स्वास्थ्य संस्था अयोग्य भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टका प्रेस संयोजक मदन खनालले जानकारी दिए। मन्त्रीस्तरीय निर्णय गरेर छनोटमा परेका संस्थाको सूचना प्रकाशित गरिएको हो।

स्वास्थ्य परीक्षणमै मलेसियासँग कुरा नमिलेर १३ महिनादेखि मलेसिया रोजगारी बन्द छ। मलेसियासँग छिट्टै प्राविधिक कमिटीको बैठक तय गरेर रोजगारी खुला गर्ने मन्त्रालयको तयारी छ।

कात्तिक १२ गते मलेसियासँग ऐतिहासिक श्रम सम्झौता भए पनि प्रक्रियागत अस्पष्टताका कारण रोजगारी खुल्न  सकेको छैन।  

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411