आफ्नै बहिनी बेच्ने दिदी प्रहरी नियन्त्रणमा, बालिकाको चार वर्षपछि उद्धार

सोमबार, जेष्ठ ३२, २०७२ साल,
कपिलवस्तु । आफ्नै दिदीबाट बेचिएकी एक बालिकालाई शान्ति पुनःस्थापना गृह कृष्णनगर कपिलवस्तुले उद्धार गरेको छ । 
 
नुवाकोटको खड्का भञ्ज्याङबाट चार वर्ष पहिले हराएकी ११ वर्षीया पूजा (नाम परिवर्तन) लाई चार वर्षपछि भारत इलाहावादको मिरगन्जस्थित वेश्यालयबाट उद्धार गरिएको गृहका संयोजक भूमीराज भट्टराईले बताएका छन्।
 
 उद्धार गरिएकी पूजालाई आफ्नै दिदी चितवन जिरौना बस्ने कुइँटी तामाङले ३० हजार भारतीय रुपैयाँमा बेचेकी थिइन्।  वेश्यालयमा बेचिएपछि चार वर्ष उनी नारकीय जीवन बिताउन बाध्य भइन्।
 
 एघार वर्षको उमेरमा इलाहावादमा बेचिन पुगेकी पूजा चार वर्षको अन्तरालमा नेपाली भाषासमेत बोल्न बिर्सिसकेकी छिन् । 
 
इलाहावादमा मेला घुम्न जाने भन्दै नुवाकोटबाट इलाहावाद पुर्‍याइएकी पूजाले  दिदीलाई कडा जेल सजाय हुनुपर्ने माग गरेकी छिन्।बहिनीलाई वेश्यालयमा बिक्री गर्ने पूजाकी दिदीउपर अहिले जिल्ला अदालत कपिलवस्तुमा मानव बेचबिखन तथा ओसारपसारको आरोपमा मुद्दा चलेको छ। जिल्ला अदालतबाट अनुसन्धानका लागि म्याद थप भएपछि पूजाकी दिदी अहिले कृष्णनगर प्रहरीको नियन्त्रणमा रहेकी छिन्।रासस 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411