भोलीदेखि घोडीघोडा लघुवित्तको १ लाख ३२ हजार कित्ता आइपिओ खुल्दै

बिहीवार, आषाढ १९, २०७६ साल,
काठमाडौं । घोडीघोडा लघुवित्त वित्तीय संस्थाले यही असार २० गतेदेखि १ लाख ३२ हजार ६०० कित्ता साधारण सेयर (आइपिओ( बिक्री गर्ने भएको छ । साधारण सेयर मध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात १ हजार ३८० कित्ता सेयर संस्थाका कर्मचारीलाई सुरक्षित गरिएको छ ।

यस्तै कूल निष्काशनको ५ प्रतिशत अर्थात् ६ हजार ६३० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्टयाइएको छ । संस्थाले कूल १ लाख २४ हजार ५९० कित्ता सेयर भने आम सर्वसाधारणलाई बिक्री गर्न लागिएको जनाएको छ ।

सेयरमा दरखास्त दिनेले न्यूतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्म आवेदन गर्न सक्ने व्यवस्था गरिएको छ । निष्काशन बन्द हुने मिति छिटोमा यही असार २५ गते र ढिलामो आगामी साउन १९ गतेसम्म रहेको छ । सो संस्थाको केन्द्रीय कार्यालय कञ्चनपुरको बेलौरीमा रहेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411