हिमालयन बैंकसहित तिनओटा बैंकमा ४ सय ५५ लाई अवसर, सहायकदेखि उच्चतहसम्म कर्मचारी माग

बुद्धबार, आषाढ १८, २०७६ साल,
काठमाडौं । तीनवटा बाणिज्य बैंकहरूले साहायक देखि उच्च तहसम्मको लागि ठुलो संख्यामा कर्मचारी माग गरेका छन । सेञ्चुरी कमर्सियल बैंक जनता बैंक र हिमालयन बैंकले एकैसाथ ठूलो संख्यामा कर्मचारी माग गरेका हुन ।

जनता बैंकले २ सय जना, सेञ्चुरी बैंकले १ सय ६९ जना र हिमालयन बैंकले ८६ जना गरी कुल ४ सय ५५ जना कर्मचारी माग गरेका छन ।

सेञ्चुरी कमर्सियल बैंकले १ जना डेपुटी म्यानेजर, १ जना असिस्टेण्ड म्यानेजर, तथा १२५ जना ट्रेनी असिस्टेण्टसहित बिभिन्न पदमा १६९ जना कर्मचारी माग गरेको हो । रोजगारीका लागि इच्छुक उम्मेदवारहरूले साउन १ गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

त्यस्तै हिमालयन बैंकले ४३ जना सुपरभाइजर र ४३ जना जुनियर असिस्टेण्ड गरी कुल ८६ जना कर्मचारी माग गरेको हो । बैंकले माग गरेको ४२ जना सुपरभाइजका लागि फाइनान्स, बैंकिङ र अथएशास्त्रमा स्नातकोत्तर उत्तीर्ण हुर्ने र १ जना सुपरभाइजरका लागि एलएलबी उत्तीर्ण गरेको हुनुपर्ने छ भने जुनियर असिस्टेण्टका लागि फाइनान्स, बैंकिङ र अर्थशास्त्रमा स्नातक उत्तीर्ण र २८ वर्ष ननाघेको हुनु पर्ने बैंकले जनाएको छ । हिमालयन बैंकमा राजगारीको लागि आवेदन दिन चाहानेहरूले साउन १ गतेसम्म आवेदन दिन सक्ने छन् ।

त्यसैगरी जनता बैंकले जुनियर असिस्टेन्ट १५० र म्यानेजमेन्ट ट्रेनी ५० जना गरी कुल २ सय जना कर्मचारी माग गरेको छ । बैंकको म्यानेजमेन्ट ट्रेनीमा आवेदन गर्न कम्तीमा ६० प्रतिशतसहित व्यवस्थापनमा स्नातोकोत्तर गरेको हुनुपर्नेछ भने ३० वर्ष उमेर ननाघेको हुनुपर्ने बैंकले जनाएको छ ।

जुनियर असिस्टेन्टको लागि भने कम्तीमा ५० प्रतिशतसहित व्यवस्थापनमा स्नातक उत्तीर्ण गरेको हुनुपर्नेछ । रोजगारीका लागि साउन ११ गतेसम्म आवेदन गर्न सकिने बैंकले जनाएकोे छ ।

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411