अब को अपराधी हो ? अनुहार रोबोटले भनिदिन्छ !

मंगलवार, आषाढ १७, २०७६ साल,
काठमाडौं । प्रहरीले केरकार गर्दा अपराधी झूटो बोलिरहेको छ कि सत्य भन्ने कुरा अब रोबोटले अपराधीको अनुहारको भावभंगिमा हेरेर थाहा पाउने भएको छ ।

लन्डनको स्टार्टअप फेससफ्टले कृत्रिम प्रज्ञायुक्त सिस्टम तयार पारेको छ । त्यस सिस्टमले अनुहारमा आएका भाव पढेर सत्य र झूटोको पहिचान गर्नेछ ।

यसको परीक्षण बेलायती प्रहरीले गरिरहेको छ । सिस्टममा ३० करोडभन्दा बढी अनुहारका भावलाई संलग्न गरिएको छ ।

फेससफ्टका अनुसार, मानिसको दिमागमा चलिरहेको कुराको जानकारी अनुहारमा भएका माइक्रोएक्सप्रेसनले दिन्छ ।

मनोवैज्ञानिकहरूले सन् १९६० मा पहिलोपटक अनुहारको भाव पढ्न सकिने कुरा पत्ता लगाएका थिए । आत्महत्याको कोशिश गर्ने मानसिक रोगीहरूले दिमागमा चलिरहेको नकारात्मक विचार लुकाइरहेको उनीहरूले पाएका थिए ।

फेससफ्टका संस्थापक डा पोनिआह भन्छन्, ‘कुनै मानिस जबर्जस्ती मुस्काउँछ भने पनि खुशीको भाव उसको आँखामा आउँदैन । यो एक किसिमको माइक्रोएक्सप्रेसन हो ।’

इम्पिरियल कलेज लन्डनका एआई विज्ञ स्टेफिनोजका अनुसार, केरकारका बेलामा अपराधीको अनुहारमा देखिने अस्वाभाविक भावलाई रेकर्ड गरिनेछ । त्यसपछि मनोवैज्ञानिकहरूले त्यसको विश्लेषण गर्नेछन् ।

एआई सिस्टममा एल्गोरिदम डेटाबेससँग ३० करोड भन्दा बढी अनुहारका भाव भण्डारण गरिएको छ । तिनमा हरेक उमेर र लिंगका तस्वीर छन् । खुशी, डर र आश्चर्य जस्ता भाव यिनमा समाविष्ट छन् । ती भावहरू अनुहारमा कम वा धेर कति देखिएका छन् भन्ने जानकारी पनि एआई सिस्टमले दिनेछ । एजेन्सी

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411